+
+

दक्षिण कोरियाविरुद्ध देखियो ब्राजिली विरासत

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २० गते १५:०६

२० मंसिर, काठमाडौं । ब्राजिलले फिफा विश्वकपको अन्तिम १६ मा दक्षिण कोरियालाई ४-१ ले पराजित गर्दा फुटबलको मास्टरक्लास प्रदर्शन गर्न सफल रह्यो । संसारभरका समर्थकले आनन्ददायी क्षणको लाभ लिए जो ब्राजिलको पुनरागमन यस्तै होस भन्ने चाहन्थे ।

स्टेडियम ९७४ को प्यारापिटमा साम्भा संगीत चर्कोसँग बजिरहेको थियो । ब्राजिल टिम भने घाना, उरुग्वे र पोर्चुगललाई संकटमा पारेको दक्षिण कोरियालाई तहस नहस बनाइरहेको थियो ।

वास्तवमा भन्ने हो भने दक्षिण कोरियाली गोलरक्षक किम सुङ ग्यू खुसी हुनुपर्छ । किनभने ब्राजिलले दोहोरो अंकको गोल हान्न सकेन । गोलीगाँठाको चोटबाट फर्किएका नेइमार प्रमुख प्रशिक्षक टिटेले निर्माण गरेको टिमको केन्द्रमा थिए । परम्परागत फुटबल शैलीलाई आत्मसाथ गरी करिअरमा अघि बढेका टिटेले नयाँ पीडिका प्रतिभालाई खुलेर खेल्ने वातावरण दिँदै आफ्नो रक्षात्मक पृष्ठभूमि छाडेका छन् ।

९ जना फरवार्डलाई कतार लैजाने उनको निर्णयमा प्रश्न उठेको थियो । आक्रामक फुटबललाई जोड दिने टिटेको उद्देश्य त्यतिबेला सही सावित भयो जतिबेला लुकास पाक्वेटा, भिनिसियस जुनियर, नेइमार र रिचर्लिसनले एकै खेलमा गोल गरे ।

उनले टिमले सन् १९७० र १९८२ को ब्राजिल टिमलाई स्मरण गराइदिएको छ । त्यतिबेला आफ्नो अलग शैलीका कारण ब्राजिलले विश्वभरबाट लाखौंको संख्यामा समर्थक कमाएको थियो ।

ब्रजिलले सुन्दर तरिकाबाट बलको प्रयोग र वान–टच पास शैलीले प्रतिभाशाली दक्षिण कोरियाली टिम निरिह देखियो । उनीहरुसँग रंक्षात्मक खेलका लागि कुनै योजना नै देखिएन ।

२२ वर्षीय प्रभावशाली विंगर भिनिसियस जुनियर आफ्नो गति र बल ड्रिब्लिङ क्षमताका लागि परिचित छन् । उनले बक्स भित्रबाट गरेको गोलसँगै दक्षिण कोरियाको हारको नियति सुरु भएको थियो ।पछि उनले चौथो गोलका लागि पाक्वेटालाई क्रस मिलाइदिए । बलमा नियन्त्रण र दृष्टिकोण केवल विशेष खेलाडीसँग मात्र हुने गर्छ ।

प्रतियोगिताको प्रमुख दावेदारको दवावका साथ कतार पुगेको ब्राजिल टिमलाई यस्तै एउटा जितको आवश्यकता थियो । कठिन मानिएको समूह जी मा स्वीट्जरल्याण्ड र सर्विया थिए जो रक्षात्मक खेलका लागि परिचित छन् ।

ब्राजिलले स्वीस र सर्वियामाथि निकै संघर्षको जित निकालेको थियो । सोही परिणामका आधारमा क्यानरुनविरुद्धको अन्तिम खेलमा दोस्रो टिम उतारेको ब्राजिल १–० ले स्तब्ध बन्यो । यद्यपि, समूह विजेता रहन सक्यो ।

क्यामरुनसँगको हारले उनीहरुमाथि आलोचना सुरु भएको थियो । तर, एकपल्ट फेरि टिटेले आफूलाई सही सावित गरेका छन् । लामो आरामपछि उनका खेलाडीहरु फ्रेस र समर्पित थिए ।

ब्राजिलको यो सानदार टिमको विरुद्ध दक्षिण कोरियाजस्तो टिमले आक्रामक फुटबल खेल्ने प्रयास गर्नु आत्महत्याजस्तै देखियो । शुक्रबार हुने क्वाटरफाइनल खेलमा क्रोएसियाका लागि ब्राजिल ठूलो चुनौति हुनसक्छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?