+
+

आईपीओ निष्कासन गर्न मोलुङखोला जलविद्युतले पायो स्वीकृति

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २१ गते १४:०४

२१ मंसिर, काठमाडौं । नेपाल धितोपत्र बोर्डले मोलुङखोला जलविद्युत कम्पनीलाई धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को स्वीकृति दिएको छ । १५ मंसिरमा बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३५ करोड ३१ लाख रुपैयाँ बराबरको ३५ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्न स्वीकृति दिएको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारणका लागि उक्त साधारण सेयर जारी गर्ने स्वीकृति पाएको हो । पहिलो चरणमा स्थानीय र वैदेशीक रोजगारीमा रहेकालाई धितोपत्र निष्कासन तथा बाँडफाड निर्देशिका अनुसार सार्वजनिक निष्कासन गरेपछि सर्वसाधारणका लागि सार्वजनिक निष्कानस हुनेछ ।

कम्पनीले आईपीओ निष्कासनका लागि सनराइज क्यापीटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरी प्रक्रिया अगाडि बढाएको थियो । कम्पनीले १ साउन २०७८ मा आईपीओ निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?