+
+

सर्लाहीमा छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २१ गते १५:२५

२१ मंसिर, वीरगञ्ज । सर्लाहीमा छुट्टाछुट्टै घटना दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । घरको बरण्डाबाट लडेर र पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको हो ।

मंगलबार राति साढे ८ बजे बरण्डाबाट खसेर धनुषाको गणेशमान चारनाथ नगरपालिका–. ४ वीरेन्द्र बजार बस्ने ५० वर्षीय भरतलाल लामाको मृत्यु भएको हो । लालबन्दी नगरपालिका–१ स्थित संजय कुशवाहाको घरमा डेरा गरी बस्दै आएका लामा तीन तल्ले घरको बरण्डाबाट खसेका थिए । बरण्डामा बस्ने क्रममा खसेर भरतलाल घाइते भएका थिए ।

उनलाई सर्लाहीकै हरिवनस्थित नमुना अस्पतालमा उपचारका लागि लगिएको थियो । उपचाकरको क्रममा राति ८ः५५ बजे अस्पतालका चिकित्सकले उनको मृत्यु भएको घोषण गरेका थिए । जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठका अनुसार सर्लाहीमै पोखरीमा डुबेर १० वर्षीया बालिकाको मृत्यु भएको छ । सर्लाही ब्रहमपुरी गाउँपालिका– ६ नौकिलवा बस्ने देवशरण रायको छोरी १० वर्षीया उषा कुमारी यादवको मृत्यु भएको हो ।

मंगलबार बिहान १० बजेदेखि उषा घरबाट हराएकी थिइन् । उनको आमाले खोजतलासको क्रममा घरदेखि ४ सय मिटर पूर्व रत्नेश्वर रायको पोखरीमा डुबेर मरेको अवस्थामा साँझ साढे ५ बजेतिर फेला पारेकी थिइन् । घटनाबारे प्रारम्भिक अनुसन्धान गरी दुवै शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?