+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
139/9 (20)
VS
Sudurpaschim royals won by 45 runs
कर्णाली याक्स 2025
94/10 (19.2)
Shares

लेखक संघले भन्यो- कसैको निहित स्वार्थ पूरा गर्न बोलाइएको प्राज्ञसभा स्थगित गर

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २१ गते १६:४१

काठमाडौं । नेपाली लेखक संघले नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद्ले आजीवन सदस्यका लागि नाम सिफारिस गरेकोप्रति आपत्ति जनाएको छ । कुलपति र सदस्य सचिवको कार्यकाल सकिएर निमित्तको भरमा चलेको परिषद्ले यस्तो कार्य गर्न नसक्ने संघको ठहर छ ।

बुधबार संघका अध्यक्ष तीर्थ श्रेष्ठ र महासचिव सोझो गाउँलेद्वारा जारी विज्ञप्तिमा कामचलाउ परिषद्ले राज्यकोषबाट कसैलाई आजीवन तलब सुविधा उपलब्ध गराउने खालको निर्णय गर्नु खेदजनक भएको उल्लेख छ ।

‘आफू अनुकूल कार्यविधि संशोधन गरी आफैंले गठन गरेको समितिद्वारा आफ्नै नाम सिफारिस गर्न  लगाई कुलपतिबाट निवर्तमान भएको दुई महिना नबित्दै आजीवन सदस्य बन्नका लागि गरेको यस्तो जालसाजीपूर्ण हर्कतले प्राज्ञिक संस्थाको मर्यादालाई धुलीसात बनाएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

गत साउन ३० गते नै अन्तिम भनेर प्राज्ञसभा बोलाइएको भन्दै अमूक व्यक्तिको निहित स्वार्थ पूरा गर्नका लागि फेरि मंसिर २५ गते प्राज्ञसभा बोलाउनु आपत्तिजनक भएको बताएको छ । उक्त प्राज्ञसभा तत्काल स्थगित गर्नुपर्ने संघको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?