+
+

फिल्म नचलेपछि पुष्पले ३३ प्रतिशत पारिश्रमिक फिर्ता गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २२ गते १८:३५

काठमाडौं । कोरोना महामारीपछि विदेशमा ठूला स्टारका फिल्म समेत चलेनन् । उनीहरुले निर्मातालाई बचाउनुपर्ने भन्दै आफ्नो पारिश्रमिक समेत फिर्ता गरे ।

यही शैलीलाई नेपालमा अभिनेता पुष्प खड्काले पछ्याए । राम्रो समीक्षा प्राप्त भए पनि उनको पछिल्लो फिल्म ‘कृष्णलीला’ बक्स अफिसमा चलेन । तर पुष्पले इमान्दारिता प्रदर्शन गरे ।

आफूले पाएको पारिश्रमिक फिर्ता गर्ने घोषणा उनले त्यसबेला गरे । उनै पुष्प अभिनित पछिल्लो फिल्म ‘तिम्रो मेरो साथ’को बिहीबार आयोजित पत्रकार सम्मेलनमा पुष्पले पारिश्रमिक फिर्ता गर्ने सन्दर्भका प्रश्नको सामना गरे ।

आफूले निर्मातासँग पारिश्रमिकको केही रकम लिन बाँकी भएकाले त्यसको ३३ प्रतिशत फिर्ता गर्ने प्रतिबद्धता पुष्पले पुनः दोहोर्‍याए । यसअघि नेपालमा कुनै कलाकारले फिल्म असफल भएमा पारिश्रमिक फिर्ता गर्ने कुरा गरेका छैनन् ।

फिल्म ‘तिम्रो मेरो साथ’को पत्रकार सम्मेलनमा पुष्प र साम्राज्ञी

कोरोना महामारीका बेला लागु गरिएको लकडाउनमा आफू काम नपाएर बसिरहेको बेला ‘कृष्णलीला’का निर्माताले गरेको प्रस्ताव सम्झिएर आफू भावुक बनेको भन्दै पुष्पले पारिश्रमिक फिर्ताको कुरा गरेका थिए ।

दीपक वली निर्देशित फिल्म कृष्णलीलामा पुष्पले अटिजम पीडित युवकको चरित्र निर्वाह गरेका थिए जसलाई दर्शकले रुचाएका थिए । तर पनि बक्स अफिसमा फिल्मले जादू देखाउन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?