+
+

गोविन्द गिरी प्रेरणाको सुश्री पारिजात लोकार्पण

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २२ गते १९:०६

२२ मंसिर, काठमाडौं । गोविन्द गिरी प्रेरणाद्वारा लिखित जीवनीमूलक कृति ‘सुश्री पारिजात’ लोकार्पण गरिएको छ ।

काठमाडौंको प्रज्ञा प्रतिष्ठान  डबलीमा बिहीबार आयोजित कार्यक्रममा प्राध्यापक भुवन ढुंगाना, लेखक श्रीओम श्रेष्ठ रोदन र लेखक प्रेरणाले पुस्तक सार्वजनिक गरे ।

लेखक श्रीओम श्रेष्ठ रोदनले पारिजातका विषयमा यति खोजमूलक पुस्तक ल्याउनु आफैमा चुनौतीपूर्ण रहेको उनको भनाइ छ। ‘पारिजातको विषयमा यस अघि पनि कृति लेखिएका छन्, पछाडि पनि लेखिएलान्। तर पारिजातको विषयमा अध्ययन र अनुसन्धान गरेर लेखिएको यो पुस्तक अरु भन्दा फरक छ’, उनले भने ।

प्राध्यापक भुवन ढुंगानाले पारिजातका विषयमा यति सूक्ष्म किसिमले अध्ययन गरी लेखिएको पुस्तक सायदै अर्को रहेको बताइन् । उनले यो पुस्तक पारिजातलाई बुझ्नका लागि मात्र नभई  उनका कृतिहरुको बारेमा जान्नको लागि पनि उपयोगी रहेको बताइन् ।

कार्यक्रममा लेखक प्रेरणाले यो पुस्तक २ दशकको समय लगाएर लेखेको बताए । विभिन्न नेपाली तथा विदेशी साहित्यकारहरूका फुटकर जीवनीमूलक रचना लेख्दै आएका प्रेरणाको पूर्ण जीवनी पुस्तक भने ‘सुश्री पारिजात’ पहिलो हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?