+
+

ग्वार्कोमा ‘फ्लाइओभर’ बनाउन सवारी डाइभर्ट गर्दा जाम (फोटोफिचर)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७९ मंसिर २३ गते १४:३५

२३ मंसिर, काठमाडौं । ललितपुरको ग्वार्को चोकमा ‘फ्लाइओभर’ निर्माण सुरु भएको छ । फ्लाइओभर निर्माण गर्न सो रुट भएर चल्न सवारी साधनलाई शुक्रबारदेखि अन्यत्र डाइभर्ट गर्दा सवारी जाम हुन थालेको छ । शुक्रबार बिहानबाट निर्माण सुरु भएसँगै ट्राफिक व्यवस्थापन फरक ढंगले गरिंदा सवारी जाम धेरै भएको हो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार निर्माण नसकिएसम्म कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुबाहक, माहलबाहक तथा दुईपांग्रे सवारी साधनहरूलाई बालकुमारी पुलबाट सर्भिस लेनमा पठाइएको छ । साना चारपांग्रे सवारी साधनहरूलाई फास्ट ट्रयाकबाट चलाइएको छ ।

कोटेश्वरबाट सातदोबाटोतर्फ जाने र आउने सबै सवारी साधनलाई ग्वार्को चोकभन्दा ६ सय मिटर अगाडि र पछाडि सर्भिस लेन हुँदै चलाउने व्यवस्था गरिएको छ ।

लतिपुरको ग्वार्कोमा फ्लाइओभर बनाउने जिम्मा आशिष समानान्तर रेलिगेयर जेभीले पाएको छ । चक्रपथको चार वटा लेनमा ३५ मिटरको फ्लाइओभर बनाउन लागिएको हो । बालकुमारीतर्फबाट २८० र सातदोबाटोतर्फबाट १७५ मिटरको र्‍याम्प बनाउनुपर्नेछ ।

ठेक्का सम्झौता भएको २ वर्षभित्र फ्लाइओभर बनाइसक्ने लक्ष्य छ । चक्रपथका चार लेनमा समानान्तर भएर बन्ने फ्लाइओभरले ग्वार्को चोकमा हुने जाम घटाउने विश्वास विभागको छ । फ्लाइओभर निर्माण भएपछि इमाडोल–पाटन गुड्ने सवारीसवारीसाधन फ्लाइओभरकै मुनि हालकै चक्रपथबाट वारपार गर्नेछन् ।

   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?