+
+

दिल्ली उड्न लागेको जहाजको टायर पन्चर

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २३ गते १८:००
फाइल तस्वीर

२३ मंसिर, काठमाडौं । काठमाडौंबाट नयाँ दिल्ली उड्न ठिक्क परेको जहाजको टायर पञ्चर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको छ ।

एयर इन्डियाको एएल २१६ उडान नम्बरको जहाज ३ः४० मा त्रिभुवन विमानस्थलबाट नयाँ दिल्ली उड्ने तयारीमा थियो ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार यो जहाज ‘ट्याक्सी वे’बाट थ्रेसहोल्ड एरियामा पुगेर धावनमार्गमा रन लिने तयारी गर्दै गर्दा टायरको प्रेसर कम भएको थियो । यसलाई एभिएसनको भाषामा ‘टायर फ्लाट’ हुनु भनिन्छ । जसको अर्थ सामान्य भाषामा पञ्चर हुनु हो । थ्रेसहोल्ड एरियामा पुगेपछि जहाज रन गरी टेकअफ लिने गर्छ । पञ्चर भएसँगै जहाजलाई मेसिनको सहायताले तानेर पार्किङ वेमा राखिएको छ । सो क्रममा केही बेर अवरुद्ध भएको विमानस्थल अहिले भने सामान्य बनिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?