+
+

नेदरल्याण्ड्सलाई पेनाल्टी शूटआउटमा हराउँदै अर्जेन्टिना सेमिफाइनलमा, गोलकिपर मार्टिनेज बने नायक

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २४ गते ४:५७

२४ मंसिर, काठमाडौं । गोलकिपर एमिलियानो मार्टिनेजले नायक बन्दै दुई पेनाल्टी रोकेपछि नेदरल्याण्ड्सलाई पेनाल्टी शूटआउटमा ४-३ ले पराजित गर्दै अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप २०२२ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

लुसेल आइकोनिक स्टेडियममा भएको नाटकीय र तनावपूर्ण दोस्रो क्वाटरफाइनलमा मार्टिनज नायक बन्दा अर्जेन्टिना ८ वर्षपछि विश्वकपको सेमिफाइनलमा पुगेको हो । निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको खेल २-२ को बराबरीमा सकिएपछि खेल पेनाल्टी शूटआउटमा पुगेको थियो ।

जहाँ अर्जेन्टिनाका लागि कप्तान लिओनल मेसी, लिएनड्रो परेडेस, गोन्जालो मोनिटेल र लाउटारो मार्टिनेजले गोल गरे । एन्जो फर्नान्डेसको प्रहार पोष्ट बाहिर गएको थियो ।

नेदरल्याण्ड्सका लागि टिउन कुपमाइनर्स, वाउट वेघोस्ट लुक डे जोङले गोल गरे । अर्जेन्टिनाको जितमा नायक बनेका मार्टिनेजले डच कप्तान भर्जिल भान डाइक र स्टेभेन बर्गुइसको प्रहार बचाए ।

मेसीको गोल र असिस्ट

खेलको ३५औं मिनेटमा मोलिनाले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । कप्तान लिओनल मेसीले उपलब्ध गराएको उत्कृष्ट पासमा मोलिनाले गोल गरेका हुन् । गत वर्ष राष्ट्रिय टिममा डेब्यु गरेका मोलिनाको अर्जेन्टिनाको लागि यो पहिलो गोल हो ।

यस्तै मेसीले विश्वकपको नकआउट चरणमा पाँच असिस्ट गर्दै सर्वाधिक असिस्ट गर्नेमा पेलेलाई पछि पारे ।

पहिलो हाफमा अग्रता लिएको अर्जेन्टिनाले दोस्रो हाफमा पनि गोल थप्यो । यस पटक मेसीले पेनाल्टीमा गोल गरे ।

नेदरल्याण्ड्सका डेन्जल डमफ्राइझले मार्कोस अकुनालाई फाउल गरेपछि प्राप्त पेनाल्टीमा मेसीले ६३औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।

जारी विश्वकपमा मेसीको यो चौथो गोल हो । उनी सर्वाधिक गोल गर्नेमा फ्रान्सका किलिएन एमबाप्पे भन्दा एक गोलले पछि छन् । एमबाप्पेले ४ खेलमा ५ गोल गरिसकेका छन् ।

वेघोस्टको दुई गोलमा डच पुनरागमन

दुई गोलले पछि परेको नेदरल्याण्ड्सले उत्कृष्ट पुनरागमन गर्दै खेल बराबरी गर्‍यो । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेको वाउट वेघोस्टले ८३औं मिनेटमा गोल गर्दै डच टोलीलाई खेलमा फर्काउने प्रयास गरेका थिए ।

९० मिनेटको खेलपछि १० मिनेटको इन्जुरी टाइम थप गरिएको थियो । जसको अन्तिम मिनेटमा नेदरल्याण्ड्सले बक्स बाहिर फ्रिकिक पायो । त्यसमा टम कुपमाइनरसको उत्कृष्ट पासमा वेघोस्टले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।

निर्धारित समयमको खेल २-२ को बराबरी भएपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो । तर त्यसमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल पेनाल्टी शूटआउटमा पुगेको थियो । थप गरिएको समयमको अन्तिम मिनेटमा अर्जेन्टिनाका एन्जो फर्नान्डेजको प्रहार पोष्टमा लागेको थियो ।

अर्जेन्टिनाले अब पहिलो सेमिफाइनलमा क्रोएसिया आगामी मंगलबार क्रोएसियासँग खेल्नेछ । क्रोएसियाले पहिलो क्वाटरफाइनलमा उपाधि दाबेदार ब्राजिललाई पेनाल्टीशूटआउटमा ४-२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । जारी विश्वकपमा बाँकी टिममध्ये अर्जेन्टिना दक्षिण अमेरिकाको एक्लो टिम हो ।

मेसीको कीर्तिमान

यस खेलमा अर्जेन्टिनाका कप्तान मेसीले विश्वकपकमा सर्वाधिक १० गोल गर्ने अर्जेन्टिनी खेलाडीको कीर्तिमान बराबरी गरे । यसअघि अर्जेन्टिनाका लागि गाब्रिएल बाटिस्टुटाले विश्वकपमा १० गोल गरेका थिए ।

यस्तै मेसीले विश्वकपमा सर्वाधिक खेल खेल्ने खेलाडीको सूचीमा संयुक्त रुपमा दोस्रो स्थानमा उक्लेका छन् । जर्मनीका मिरोस्ला क्लोजसमान मेसीले विश्वकपमा २४ खेल खेले ।

मेसीले अब सेमिफाइनल खेल्दै विश्वकपमा सर्वाधिक २५ खेल खेल्ने जर्मनीकै लोथर म्याथ्वुजको कीर्तिमान बराबरी गर्ने पक्का छ । फाइनल पुगेमा मेसी विश्वकपमा सर्वाधिक खेल खेल्ने खेलाडी बन्नेछन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?