+
+

मानव श्रेवा आश्रमलाई मानव अधिकार पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २४ गते १३:१६

२४ मंसिर, काठमाडौँ । सरकारले यसवर्षको मानवअधिकार पुरस्कार संस्थातर्फ मानवसेवा आश्रमलाई प्रदान  गर्ने निर्णय गरेको छ ।

सरकारले मानवअधिकार विश्वव्यापी घोषणापत्र जारी भएको उपलक्ष्यमा मानवअधिकारको क्षेत्रमा काम गर्ने व्यक्ति र संस्थालाई कदर गर्ने उद्देश्यले मानवअधिकार पुरस्कार तथा अक्षयकोष स्थापना गरी विसं २०७८ देखि मानवअधिकारको सम्मान संरक्षण र सम्वर्द्धनमा योगदान पुर्‍याउने व्यक्ति र संस्थालाई पुरस्कार दिँदै अएको छ ।

यसवर्ष व्यक्तितर्फ प्रा.डा. कपिलमान श्रेष्ठलाई र संस्थातर्फ मानव सेवा आश्रमलाई प्रदान गर्ने निर्णय भएको कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले जनाएको छ ।

मानवसेवा आश्रमले सडकपेटी तथा अन्य सार्वजनिक स्थलहरुमा परित्यक्त, असहाय, असमर्थ, बेवारिसे रुपमा रही अत्यन्तै कष्टपूर्ण जीवनयापन गरिरहेका व्यक्तिहरुको उद्धार, उपचार परामर्श लापनपालन संरक्षण र त्यस्ता व्यक्तिको शव सद्गद तथा व्यवस्थापनलगायतका कार्य गरी मानव अधिकारको संरक्षणमा पुर्‍याएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

२०६९ सालमा स्थापना भएको आश्रमले हालसम्म सडकबाट झण्डै ८ हजार मानिसको उद्धार गरिसकेको छ । झण्डै एक हजार व्यक्तिलाई उनीहरुका परिवारमा पुनर्मिलन समेत गराइसकेको छ । हाल काठमाडौँलगायत १९ जिल्लामा रहेका २३ शाखा कार्यालयहरुबाट आश्रमले देशभर भेटिएका सडकआश्रित मानवहरुको उद्धार गरी संरक्षण, उपचार तथा मनोविमर्श सेवा दिएर निको बनाइ परिवारमा पुनमिलन समेत गराउँदै आएको छ । आश्रममा अहिले पनि एक हजार ६०० व्यक्तिहरु आश्रित रहेको केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।

आश्रमले २०८२ सालसम्म मुलुकका सडकपेटीमा बेसहारा तथा वेवारिसे व्यक्तिहरु नरहने अवस्था निर्माण गर्न लक्ष्यका साथ काम गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?