+
+

एम्बाप्पेको खुसी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २५ गते १८:०३

२५ मंसिर, काठमाडौं । शनिबार राति इङ्ल्यान्डलाई २–१ ले हराएपछि फ्रेन्च फरवार्ड केलियन एम्बाप्पेको अनुहारमा खुसी लतपत भएर पोखिएको थियो ।

अन्तिम सिठ्ठी बजेपछि केलियनले साथीहरुसँगै मैदानको बीचमा उभिएर ताली बजाउँदै, एक उत्कृष्ट हाँसोको साथमा मैदानमा आफ्नो खुसी व्यक्त गरे ।

बलियो प्रतिस्पर्धी पाएको फ्रान्सले निकै टक्करको जित निकाल्यो । फ्रान्सको जितमा ह्यारी केनको ८४ औं मिनेटमा पेनाल्टी गोलमा परिणत नहुनु एउटा कारण बन्यो ।

केन विश्व फुटबलमा नै सर्वोत्कृष्ट पेनाल्टी टेकर हुन् । खेलको ५४ औं मिनेटमा पहिलो पेनाल्टीमार्फत खेललाई १–१ बराबरीमा ल्याएका केनले दोस्रो पेनाल्टीलाई गोलमा परिणत गर्न नसक्नु एक आश्चर्य थियो ।

केनको पेनाल्टी गोल नहुँदा एम्बाप्पे भने निकै खुसी देखिए । मैदानमा दुवै हात टेकेर टुक्रुक्क बसेका एम्बाप्पे बल हावामा जाँदा उफ्रिँदै उठे । उनको त्यो खुसी मैदानमा प्रष्ट देखियो । केहीले उनको त्यो खुसी पोखाईलाई नराम्रो माने पनि उनले भने आफ्नो भावना खुलेर प्रदर्शन गरे ।

२३ वर्षीय एम्बाप्पे दोस्रो पटक विश्वकपको उपाधि जित्न अब दुई खेल मात्र टाढा छन् । फ्रान्सका लागि उनी अप्ठ्यारोमा राहत दिने खेलाडी हुन् । उनको गतिले राम्रा डिफेन्डरलाई अप्ठ्यारोमा पार्छ ।

ब्रजिलियन लेजेन्ड पेलेले मात्र २१ वर्षमा २ पटक विश्वकपको उपाधि जितेका थिए । हाल एम्बाप्पेलाई उनैसँग तुलना गर्न थालिएको छ । पेले १९५८ र १९६२ मा लगातार ब्राजिलले विश्वकप जित्दा टोलीको हिस्सा थिए ।

६० वर्षअघि ब्राजिलले रचेको लगातार दुई विश्वकप जितेको इतिहास फ्रान्स यसपटक दोहोर्‍याउन चाहन्छ ।

एम्बाप्पे यस प्रतियोगितामा पाँच गोलसहित गोलकर्ताको शीर्ष स्थानमा छन् । शनिबार भएको खेलमा उनले गोल गर्न सकेनन् । तर उनले अन्य साथीलाई सहयोग गरे ।

एम्बाप्पेलाई विश्व फुटबलको उदीयमान स्टारको रुपमा लिन थालिएको छ । उनले प्रतियोगितामा सर्वाधिक गोलकर्ता बनेर गोल्डेन बुट जित्न भन्दा पनि विश्वकप जित्न आएको प्रतिक्रिया दिएका थिए ।

एम्बाप्पे बुधबार मोरक्कोसँगको सेमिफाइनल खेलमा अल बायट रंगशालामा आउनेछन् । पोर्चुगललाई १–० ले हराएर मोरक्को सेमिफाइनल प्रवेश गर्ने पहिलो अफ्रिकी अरेबियन राष्ट्र बन्यो ।

– एपीको सहयोगमा

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?