+
+

विश्वकपको सेमिफाइनल र फाइनलमा खेलाउने बल सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २५ गते १९:४२

२५ मंसिर, काठमाडौं । फिफा विश्वकप २०२२ मा सेमिफाइनल र फाइनलमा खेलाउने नयाँ बल सार्वजनिक गरिएको छ ।

‘अल हिल्म’ नामक बल यसपालिको सेमिफाइनल र फाइनलमा खेलाउने बल हो । अल हिल्म एक अरेबिक शब्द हो । जसको अर्थ ‘द ड्रिम’ अर्थात सपना हो ।

यो बल समुह चरणमा खेलाइएको बल भन्दा फरक छ । समूह चरणमा ‘अल रिहला’ अर्थात ‘द जर्नी’ नामक बल खेलाइएको थियो ।

यो नयाँ बलमा अल रिहलाको जस्तै प्रविधिको प्रयोग गरिएको छ । जसबाट बलबारे निर्णय लिन निकै सहज हुने गरेको छ । यस पटकको विश्वकपमा बलको पोजिसन थाहा पाउन सेन्सर टेक्नोलोजी जडान गरिएको छ ।

यो बलले खेलाडीको पोजिसनसमेत थाहा पाइने हुनाले भिडियो एनालिस्टलाई पनि सहज हुने गरेको छ । बल भित्र आईएमयू सेन्सर जडान गरिएको छ ।

यो बलमा पनि अल रिहला जस्तै अर्ध स्वचालित अफसाइड सिस्टमलाई जडान गरिएको छ । फिफाका फुटबल टेक्नोलोजी एन्ड इनोभेसनका निर्देशक जोहान्स होल्जमुलर भन्छन्, ‘बलमा टेक्नोलोजी जडान गरेर एडिडासले सूचना प्रवाह गर्न र भिडियो म्याच अफिसियललाई पनि डाटा निकाल्न निकै सहज भएको छ । यस प्रकारको बलले मैदानमा अनौठो क्षणको बारेमा पनि जानकारी राख्न सहज भएको छ ।’

यो बलमा प्रयोग भएको गम पूर्णतया वातावरण मैत्री रहेको पनि उनले बताए । फिफा विश्वकप सेमिफाइनल र फाइनल खेलाउने बलमा प्रयोग भएको मसी र गम पानीमा आधारित रहेर बनाइएको छ । यो बलको डिजाइनमा एक सानो त्रिभुज छ । जसले दोहा वरपरको मरुभूमिलाई संकेत गर्छ । फिफा विश्वकपको ट्रफीको रंग पनि त्यस्तै छ । र कतारको झन्डाको रंगलाई समेत ध्यानमा राखेर यो बलको डिजाइन गरिएको छ ।

फुटबल एडिडासका प्रबन्धक निक क्रयाग भन्छन्, ‘अल हिल्मले विश्वलाई एकै स्थानमा ल्याउन फुटबलको शक्तिमाथि प्रकाश पार्ने गरि बनाइएको छ’, उनले भने, ‘फुटबलमा जुनुन राख्ने विश्वका लाखौं मानिसले विश्वकपले जोडेको छ । हाम्रो तर्फबाट सेमिफाइनल पुगेका सबै टिमलाई शुभकामना दिन चाहान्छौं ।’

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?