+
+

माछापुच्छ्रे बैंकका अध्यक्ष महतोले गरे सपथ ग्रहण

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २५ गते १९:४९

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष डा. उपेन्द्र महतोले सपथ ग्रहण गरेका छन् । उनलाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरहरु, कार्यकारी निर्देशकहरु तथा अन्य पदाधिकारी उपस्थित थिए । साथै, माछापुच्छ्रे बैंक सञ्चालक समिति सदस्य, तथा प्रमुख कार्यकारी अधिकृत समेत उपस्थित थिए ।

माछापुच्छे बैंकको १२ मंसिरमा बसेको ४७२ औ सञ्चालक समितिको बैंठकले महतोलाई अध्यक्षमा चयन गरेको थियो । महतो गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष समेत हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?