+
+

ओछ्यानमा सुतेकै अवस्थामा महिलाको हत्या

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २६ गते ९:१४

२६ मंसिर, जनकपुरधाम । धनुषामा घरमा सुतिरहेको अवस्थामा एक महिलाको विभत्स हत्या भएको छ । धनुषाको बटेश्वर गाउँपालिका वडा नंं. ५ शान्तिपुरका विरेन्द्र यादवकी श्रीमती २७ वर्षीया रितादेवी यादवको हत्या भएको हो ।

आइतबार राति ११ बजेको समयमा धारिलो हतियार प्रहार गरी रितादेवीको हत्या भएको प्रहरीले जनाएको छ ।

धारिलो हतियार प्रहारबाट गम्भीर घाइते रितालाई उपचारका लागि जनकपुरको काव्या हस्पिटल लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादवले जानकारी दिए ।

रितादेवीको हत्याको समयमा उनका श्रीमान् विरेन्द्र अर्को घरमा सुतेका थिए । हत्या गर्नुअघि घरको बिजुलीको लाइन काटिएको थियो । घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?