+
+

यी चिजले सफा नगर्नुस् स्मार्टफोन

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २६ गते १३:१०

आफ्नो स्मार्टफोन सफा गर्ने क्रममा यदि तपाईंले लापरबाही गर्नुभयो भने त्यसले स्मार्टफोनमा क्षति पुग्न सक्दछ र त्यसबाट तपाईंको मोटो रकम खर्च हुन जान्छ । त्यसैले स्मार्टफोन सफा गर्दा तपाईंले केही चिजवस्तुहरुको प्रयोग गर्नु हानिकारक हुन्छ ।

यदि तपाईं स्मार्टफोन सफा गर्नका लागि यसको केही भाग खोल्नुपर्नेछ भने कहिल्यै पनि कुनै स्क्रु ड्राइभर वा ब्लेडको प्रयोग नगर्नुहोस् । किनकि यस्ता वस्तुको प्रयोग गर्दा स्मार्टफोनमा स्क्रयाच आउन सक्दछ र केही भागलाई नराम्रोसँग क्षति पुर्‍याउन सक्दछ ।

यदि तपाईं स्मार्टफोन सफा गर्नका लागि कुनै स्प्रेको प्रयोग गरिरहनुभएको छ भने तपाईंले अल्कोहलयुक्त स्प्रे प्रयोग गर्नुहोस् । अल्कोहल स्प्रेले स्मार्टफोनका भित्री पाटपुर्जामा क्षति पुग्दैन र त्यसको ओस केही बेरमै हराउँछ ।

स्मार्टफोनमा कहिल्यै पनि पानीले सफाइ नगर्नुहोस् । किनकि यसका कारण स्मार्टफोनमा पानीले खिया लाग्ने तथा स्मार्टफोनको भित्री पाटपुर्जामा ठूलो क्षति पुग्नसक्दछ ।

स्मार्टफोनकेा स्क्रिन तथा अन्य भाग सफा गर्नका लागि कुनै खस्रो खालका कपडा प्रयोग नगर्नुहोस् । स्मार्टफोन सफा गर्नका लागि माइक्रो फाइबर क्लोथ प्रयोग गर्नुहोस् ।

कतिपय मानिसहरुले आफ्नो स्मार्टफोनको पोर्ट तथा किनाराहरू सफा गर्नका लागि टुथपिक समेत प्रयोग गर्ने गर्दछन् ।

टुथपिकको तिखो चुच्चोले स्मार्टफोन सफा गर्दा त्यसले स्मार्टफोनमा क्षति पुर्‍याउने सम्भावना हुन्छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?