+
+

फेसबुकमा चिनजान भएका बालिकालाई बलात्कार गरेको आरोपमा ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २६ गते १९:४२

२६ मंसिर, बागलुङ । फेसबुकमा चिनजान भएका ३ जना बालिकालाई जन्मदिन मनाउन भन्दै बोलाएर बलात्कारमा गरेको आरोपमा ३ जना पक्राउ परेका छन् ।

१ जना १६ र २ जना १५ वर्षका बालिकालाई बलात्कार गरेर फरार भएको आरोपमा धादिङ घर भएर पोखरा महानगरपालिका–८ बस्ने १९ वर्षीय सन्दीप तामाङ, गुल्मी घर भएर पोखरा–१७ बस्ने १९ वर्षीय राहुल थापा र बागलुङको गलकोट घर भएर पोखरा–८ सिर्जनाचोक बस्दै आएका २५ वर्षीय अशोक दर्लामीलाई प्रहरीले पक्राउ गरेको हो ।

फरार भएका सन्दीप र राहुललाई प्रहरीले बागलुङ बजार र अशोकलाई काठेखोला गाउँपालिकाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी गंगाबहादुर थापाले जानकारी दिए ।

२३ गते साथीको जन्मदिन मनाउन भन्दै घरबाट निस्किएका उनीहरु नफर्किएपछि परिवारले खोजी गर्दा २५ गते बागलुङ बजारको होटलमा फेला परेका थिए । प्रहरी र आफ्न्तको सोधपुछको क्रममा बालिकाहरु बलात्कारमा परेको खुलेको थियो ।

बालिकालाई पक्राउ परेकाहरुले नै जन्मदिन मनाउने भन्दै बोलाएको पाइएको प्रहरीले जनाएको छ । पीडित बालिकाको धौलागिरी अस्पताल बागलुङमा स्वास्थ्य परीक्षण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?