+
+

हुन्डाईको ५ दिने ईभी हाइभोल्टेज ब्याट्री चेकअप क्याम्प सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २७ गते १३:२६

काठमाडौं । नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ५ दिने हुन्डाई ईभी हाइभोल्टेज ब्याट्री चेकअप क्याम्प सुरु गरेको छ। ‘बि पोजेटिभ दी चेन्ज’ क्याम्पेन अन्तर्गत कम्पनीले यो क्याम्प सुरु गरेको जनाएको छ ।

विद्युतीय सवारीका ग्राहकलाई लक्षित गरी २६ मंसिरमा सुरु भएको यो अभियान १ पुससम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।

यो अभियानले कोना र आयोनिक लाइन अपका ३ सयभन्दा बढी ग्राहकहरूलाई फाइदा पुग्ने विश्वास गरिएको छ । प्रशिक्षित प्राविधिक तथा अत्याधुनिक उपकरणहरूको सहयोगले सवारी धनीहरूलाई सवारीको प्राविधिक एवं ब्याट्रीको अवस्थाबारे जान्न सहयोग पुर्‍याउने उदेश्यले यो अभियान सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।

अभियानमा ब्याट्रीको आयु बढाउन र सवारीको पूर्वजाँच गर्न ग्राहकहरुलाई विभिन्न सुझावहरू प्रदान गर्ने कम्पनीले बताएको छ । यी र यस्ता क्रियाकलापले हुन्डाईको विद्युतीय सवारी प्रतिको सफ्टवेयर, प्राविधिक र हार्डवेयरको पक्षबाट पनि प्रतिबद्ध रहेको देखाउने कम्पनीले बताएको छ। थापाथली स्थित हुन्डाईको ईभी शोरुम अगाडि साताव्यापी रुपमा चल्नेछ ।

हुन्डाई नेपालले विद्युतीय सवारी प्रति चेतना जगाउने र दीगो भविष्यको जग तयार गर्ने उद्देश्यले विभिन्न सामाजिक-आर्थिक र प्राविधिक अभियानहरू आयोजना गर्दै आएको छ ।

देशभैरि ४० भन्दा बढी चार्जिङ स्टेसनको स्थापना र १७ वटा शोरुम सहित हुन्डाईले विद्युतीय सवारी साधनमा सबैको पहुँच बढाउने प्रयास गर्दै आएको छ । साथै कम्पनीले विभिन्न वाणिज्य बकैंहरूसँग साझेदारी गरी ग्राहकहरूलाई न्यनूतम समयमा सबैभन्दा सुलभ व्याजदरमा विद्युतीय सवारी खरिद गर्न सघाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?