+
+

आईएमई पेको सीईओमा रेग्मी नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २७ गते १९:०२

काठमाडौं । आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेड (आईएमई पे)को प्रमुख कार्यकारी अधिकृतमा प्रविण रेग्मी नियुक्त भएका छन् ।

इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसनमा स्नातक एवम् बिजनेश एड्मिनिस्ट्रेसनमा स्नातकोत्तर गरेका रेग्मीसँग विभिन्न बैंक तथा वित्तीय संस्थामा डेढ दशकभन्दा बढीको अनुभव छ ।

पेमेन्ट सिस्टम, बैंकिङ, टेक्नोलोजी र टेलिकमका क्षेत्रमा विशेष दखल राख्ने रेग्मीले विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट डिजिटल भुक्तानीसँग सम्बन्धित सैद्वान्तिक एवम् प्रयोगात्मक तालिम लिएका छन् ।

मंगलबार एक कार्यक्रममार्फत नवनियुक्त प्रमुख कार्यकारी अधिकृतको स्वागत गरिएको छ । कार्यक्रममा आईएमई पेका अध्यक्ष एवम् ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले रेग्मीलाई स्वागत गरे ।

स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले रेग्मीको नेतृत्वसँगै कम्पनीले नयाँउचाई प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?