+
+

राष्ट्र बैंकको नीतिमा निजी क्षेत्रको हस्तक्षेपप्रति गभर्नरको असन्तुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २८ गते १२:४४
फाइल तस्वीर

२८ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको नीतिमा हस्तक्षेप गर्नुपर्ने माग गरिरहेका निजी क्षेत्रप्रति असन्तुष्टि जनाएका छन् ।

नेपाल आर्थिक पत्रकार संघको वार्षिक साधारणसभाका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले हस्तक्षेपले कतै पनि नपुर्‍याउने बताए ।

‘विगतको विकृतिले आज समस्या निम्त्याएको हो’, उनले भने, ‘यसलाई निरन्तरता दिएमा भोलि झनै समस्या हुन्छ ।’ बजार र वित्तीय क्षेत्रमा भएको विकृति असहज अवस्थामा सुधार गर्नु हुँदैन भन्दै जाँदा झनै समस्या थपिने उनको भनाइ छ ।

उनले राष्ट्र बैंकको हस्तक्षेपकारी भूमिका खोस्दा झन् धेरै समस्या आउने भन्दै त्यसो नगर्न सुझाव दिए । उनले भने, ‘तोक्ने कुरा तोकौंला, लघुवित्तको ब्याजदर १५ तोकेका छौं । बैंकमा पनि तोकौंला । तर त्यसले हामीलाई कहाँ लैजान्छ ?’ उनले हस्तक्षेपले नकारात्मक प्रभाव पर्ने भन्दै त्यसमा निजी क्षेत्रले समीक्षा गर्नुपर्ने बताए ।

एकातिर सन्तुलन गर्न खोज्दा अर्काेतिर सन्तुलन गुम्ने भन्दै उनले यस्तो विषयलाई सन्तुलन गरेर लैजानु पर्ने बताए । आयात प्रतिबन्ध खुलेको भन्दै उनले नगद मार्जिन समेत क्रमिक खुकुलो बन्दै गएको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?