+
+
Shares

पुल्चोक इन्जिनियरिङ क्याम्पसमा सामसुङको ग्लोबल सीएसआर कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २८ गते १६:४६

काठमाडौं । सामसङले पुल्चोकस्थित त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ क्याम्पसमा ग्लोबल सीएसआर कार्यक्रम सञ्चालन गरेको छ।

यस कार्यक्रम अन्तर्गत नेपालका युवाहरुलाई आर्टिफिसियल इन्टेलिजेन्स, बिग डाटा, कोडिङ एण्ड प्रोग्रामिङ र इन्टरनेट अफ थिङ्स जस्ता प्राविधिक सीपमुलक तालिम दिने कम्पनीले जनाएको छ । यसले नेपालमा बलियो प्रविधि र नवप्रवर्तन इकोसिस्टमको विकासमा योगदान पुग्ने कम्पनीको विश्वास छ ।

कार्यक्रमको उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल, सामसङ साउथ वेस्त एसियाका नेपाल कार्यालयका हेड सुङ जुन पार्क र राजदूत पार्क चोङ सुकले गरेका थिए ।

पुल्चोक क्याम्पसमा आयोजित कार्यक्रममा त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङका प्राध्यापक तथा डीन डा. शशिधर राम जोशी, रेक्टर त्रिभुवन विश्वविद्यालयका डा. शिवलाल भुसालको सहभागिता रहेको थियो।

कम्पनीका अनुसार कार्यक्रमको एक हिस्साको रूपमा युवालाई रोजगारीका लागि आवश्यक पर्ने प्राविधिक सीपहरू प्रदान गरिनेछ । जसले उनीहरूको डिजिटल साक्षरता, सिकाउने क्षमता, रचनात्मकता र रोजगारीमा सुधार गर्नेछ ।

ग्लोबल सीएसआर कार्यक्रम सामसङ इनोभेसन क्याम्पस मार्फत युवामा सकारात्मक प्रभाव पार्ने लक्ष्य लिएको सामसङ साउथ वेस्त एसियाका नेपाल कार्यालयका हेड सुङ जुन पार्कले बताए ।

सामसङ इनोभेसन क्याम्पस अन्तर्गतका पाठ्यक्रमहरूमा आर्टिफिसियल इन्टेलिजेन्स, बिग डाटा, कोडिङ एण्ड प्रोग्रामिङ र इन्टरनेट अफ थिङ्स लगायतका विषयवस्तु यस क्याम्पसमा पढाइने कम्पनीले जनाएको छ ।

सामसङ इनोभेसन क्याम्पस एक आदर्श पहल हो जसले हामीलाई शिक्षा र अनुसन्धान मार्फत समाज र व्यक्तिहरूमा प्रभाव पार्ने उद्देश्य हासिल गर्न सक्षम बनाउने त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापक तथा डीन डा. शशिधर राम जोशीले बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?