+
+

देउखुरीमा गरियो लुम्बिनीको स्थायी राजधानीको शुभारम्भ (तस्वीर)

आभास बुढाथोकी आभास बुढाथोकी
२०७९ मंसिर २८ गते १८:२७

२८ मंसिर, दाङ । दाङको देउखुरीमा लम्बिनी प्रदेशको स्थायी राजधानीको शुभारम्भ गरिएको छ । प्रदेश प्रमुख अमिक शेरचनले झण्डोत्तोलन गर्दै बुधबार स्थायी राजधानी दाङको देउखुरीबाट कार्य प्रारम्भ भएको घोषणा गरे ।
प्रदेश प्रमुख शेरचनले राप्ती गाउँपालिका–३ स्थित देउखुरीस्थित राप्ती प्राविधिक शिक्षालयमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको उद्घाटन पनि गरे ।

योसँगै प्रदेश राजधानी कार्यान्वयन भएको घोषणा गरिएको छ ।

प्रदेश राजधानी स्थान्तरण भएको खुसियालीमा स्थानीय कलासंस्कृति झल्किने झाँकी तथा समेत प्रदर्शन गरिएको छ । राजधानी स्थानान्तरणको स्वागत गर्न भन्दै स्वागत गेट निर्माण गरिएका छन् ।

२०७७ साल असोज २० गते प्रदेशसभाको दुई तिहाइ बहुमतले लुम्बिनी प्रदेशको नामकरण र स्थायी राजधानी दाङको राप्ती उपत्यका तोकेको थियो ।

स्थायी राजधानी तोकेको दुई वर्षपछि अहिले देउखुरी उपत्यकामा प्रदेश सरकार स्थानान्तरण गर्ने काम भइरहेको छ । मंसिर ९ गते मात्र बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय देउखुरीमा स्थानान्तरण गरिएको थियो ।

साविकको राप्ती प्राविधिक शिक्षालयको परिसरलाई प्रदेशको प्रशासनिक केन्द्र बनाइएको छ ।

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?