+
+

कर्णाली प्रदेश उद्योग परिसंघमा नयाँ कार्यसमिति चयन

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २८ गते १०:२१

२८ मंसिर, काठमाडौं । कर्णाली प्रदेश उद्योग परिसंघको शुभारम्भ भएको छ । नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले बुधबार सुर्खेतमा कणर्ाली प्रदेश उद्योग परिसंघको सचिवालय भवनको उद्घाटन गर्दै प्रदेश परिसंघको शुभारम्भ गरे ।

पूर्णप्रसाद आचार्यको संयोजकत्वमा गठित तदर्थ समितिले प्रदेश परिसंघको विधान निर्माण, दर्ता प्रक्रिया लगायत सचिवालय निर्माण गर्दै प्रथम साधारण सभा सम्पन्न गरेको छ ।

सो साधारणसाधारण सभाले छत्रबहादुर शाहीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । नवगठित कार्यसमितिमा उपाध्यक्ष अकल बहादुर शाही, भानुभक्त खड्का, कल्पना विष्ठ तथा पुष्पा शाही छन् ।
साधारण सभामा परिसंघका उपाध्यक्ष अधिकारीले कर्णाली प्रदेश अपार सम्भावना रहेको प्रदेश हुँदा हुँदै पनि विकासमा पछि परेको बताए ।

कणर्ालीमा प्रचुर मात्रामा रहेको जडिबुटी, पिउने पानीलाई प्रसोधन गरि अन्तराष्ट्रिय बजारमा पुर्‍याउन सके कणर्ालीको छिटो विकास हुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?