+
+

सशस्त्रमा एकैपटक ८ हजार जवानको सरुवा

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २८ गते २१:०५

२८ मंसिर, काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले मंगलबार एकै पटक ८ हजार ३ सय ८८ जवानको सरुवा गरेको छ ।

जवानले राजेको प्राथमिकता अनुसार तीन वटा युनिटमध्ये एकमा सरुवा गराइएको सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले जनाएको छ । सम्भव भएसम्म माग गरे बमोजिमको कार्यालयमा नभए
नजिकको अर्को युनिटमा सरुवा गरिएको बताइएको छ ।

सीमावर्ती इलाकाका युनिटहरुमा लामो समय दरबन्दी भएका जवानहरुलाई सीमा ईलाका बाहेक अन्यत्र सरुवा गरिएको छ । सरुवाको लागि मुख्यालयस्थित उजुरी तथा गुनासो सुनुवाई शाखामा प्राप्त निवेदन तथा गुनासोलाई समेत उच्च प्राथमिकतामा सशस्त्र प्रहरी बलले जनाएको छ ।

मुख्यालयमा दरबन्दी माग गरेका ४५ जना जवानलाई समेत प्राथमिकतामा राखेर सरुवा गरिएको छ । घर भएको जिल्लामा सरुवा नगरी सम्भव भएसम्म नजिकको जिल्ला र त्यो नभएमा नजिकको
प्रदेशमा समेत मिलाएर सरुवा गरिएको छ ।

विगतदेखिकै सरुवा सम्बन्धी गुनासोलाई सम्बोधन गर्दै दम्पत्तिलाई सम्भव भएसम्म एउटै कार्यालयमा सरुवा गरिएको छ । मुख्यालयले फारम भराएर जवानहरुको ईच्छा अनुसारको कार्यालयमा सरुवा गरेको यो पहिलो पटक भएको सशस्त्र प्रहरी बलको दाबी छ ।

यसबाट तल्लो दर्जाको कर्मचारीको मनोबल उच्च हुने र आगामी दिनमा सरुवा सम्बन्धी गुनासो समेत कम हुँदै जाने विश्वास मुख्यालयले लिएको भनिएको छ । बिल्लादार तथा जुनियर अधिकृतसम्म पनि जवानको सरुवाको मापदण्ड र तरिका अपनाएर क्रमशः सरुवा गरिने सशस्त्र प्रहरी बलका सहयाक प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?