+
+

विलियम्सनले छाडे न्युजिल्याण्डको टेष्ट कप्तानी, टिम साउदी नयाँ कप्तान

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २९ गते १०:४४

२९ मंसिर, काठमाडौं । केन विलयम्सनले न्युजिल्याण्डको टेष्ट टिमको कप्तानी छाडेका छन् । ६ वर्षदेखि टेष्टको कप्तानी गर्दै आएका विलियम्सनले अब ब्याटिङ र सीमित ओभरको क्रिकेटमा ध्यान दिने भन्दै कप्तानी छाडेको घोषणा गरेका हुन् ।

विलियम्सनले छाडेपछि फास्ट बलर टिम साउदी न्युजिल्याण्डको नयाँ टेष्ट कप्तान नियुक्त भएका छन् । अब न्युजिल्याण्डले टिमकै कप्तानी पाकिस्तान विरुद्ध खेल्नेछ ।

२०२१ मा न्युजिल्याण्डलाई वर्ल्ड टेष्ट च्याम्पियनसिपको उपाधि जिताएका विलियम्सनले ओडिआई र टी–२० अन्तर्राष्ट्रियको कप्तानीलाई निरन्तरता दिनेछन् भने तीनवटै फरम्याट खेल्ने चाहना पनि राखेका छन् ।

‘टेष्ट क्रिकेटमा ब्ल्याक्याप्स (न्युजिल्याण्डको) कप्तानी गर्नु विशेष सम्मान हो । मेरो लागि टेष्ट क्रिकेट खेलकै सबैभन्दा उच्च तह हो र यस फर्म्याटमा नेतृत्व गर्दा म चुनौतीमा रमाएँ,’ विलियम्सनले भने ।

कप्तानीले मैदान भित्र र बाहिर धेरै व्यस्त बनाउने भन्दै निर्णय लिने यो सही समय लागेको विलियम्सनले बताएका छन् । साथै न्युजिल्याण्ड क्रिकेटसँग सल्लाह पछि सीमित ओभरको क्रिकेटमा कप्तानीलाई निरन्तरता दिने बताए । अबको दुई वर्षमा सीमित ओभरको दुई विश्वकप हुने भएकाले त्यसमा ध्यान दिने उनले बताए ।

सन् २०१६ मा ब्रेन्डन म्याकुलमलाई रिप्लेस गर्दै कप्तान बनेका विलियम्सनले न्युजिल्याण्डका लागि ४० टेष्टमा कप्तानी गरे । जसमा २२ खेल जित्दा ८ खेलमा पराजित भएको थियो ।

अब विलियम्सनको स्थानमा टिम साउदीले कप्तानी गर्नेछन् । जो न्युजिल्याण्डको ३१औं टेष्ट कप्तान बन्नेछन् ।

साउदीले यसअघि २२ टी–२० अन्तर्राष्ट्रिय र एक ओडिआईमा न्युजिल्याण्डको कप्तानी गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?