+
+
Shares

पद माग्ने उद्देश्यले शीर्ष नेता भेटेको होइन : कांग्रेस नेता केसी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २९ गते १३:०२

२९ मंसिर, काठमाडौं । नेपाली का‌ंग्रेसका नेता अर्जुननरसिंह केसीले आफूलाई मन्त्री हुने रहर नभएको बताएका छन् ।

केसीले केही दिनयता सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत दलका शीर्ष नेताहरुसँग भेट गरेका छन् । बिहीबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उनले आफू कुनै पद माग्नका लागि नेताहरुकोमा नगएको प्रष्टीकरण दिए ।

‘कसैसँग केही माग्न जाने पक्षमा छैन । म मन्त्री ४/५ पटक भइसकेँ त्यही मन्त्री हुने रहर छैन’ उनले भने, ‘…परिस्थितिले धकेल्दा कता पुगिन्छ, मैले कसैसँग कुनै इच्छा लिएर भेटघाट गरेको छैन । नयाँ सरकार आए देशलाई केही योगदान दिन मन छ, तर यथास्थितिमा बसेर जनताका नकारात्मक सोचहरु आफूमाथि थुपार्ने सोच छैन ।’

नेता केसीले स्थापित पार्टीहरुको नेता, नेतृत्व, नीति र कार्यशैलीको विरोधमा नो भोटका रुपमा नागरिकले राष्ट्रिय स्वतन्त्र पार्टी र स्वतन्त्र उम्मेदवारलाई भोट दिएको बताए । ‘हाम्रा स्थापित पार्टीहरुको नेता, नेतृत्व, नीति र कार्यशैलीको विरोधमा नो भोट जति स्वतन्त्रमा गएर थुप्रिएको हो भन्ने सहमति छ’ उनी भन्छन्, ‘अहिलेको वस्तुगत परिस्थितिको विश्लेषण गरौँ भनेर नै भेट गरिरहेको हो ।’

नेता केसीले अहिलेको परिस्थितिलाई नयाँ पन र नयाँ बाटो दिनको निम्ति सत्य र विवेकको आवाज, भ्रष्टाचार विरोधको आवाज, विधि विहीनता बिरोधको आवाज, सुशासन स्थापना गर्नको निम्ति संसदमा आफूले असल सांसदको रुपमा आफूले काम गर्ने बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?