+
+

राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मनोज प्रभाकरले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २९ गते १५:४२

२९ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएका छन् ।

चार महिनाअघि नेपालको प्रशिक्षक नियुक्त भएका भारतीय पूर्व क्रिकेटर प्रभाकरले डिसेम्बर १५ (मंसिर २९) देखि लागू हुने गरी राजीनामा दिएको र स्वीकृत भइसकेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

लगातारको खराव नतिजा, खेलाडीसँग बिग्रिँदो सम्बन्ध र प्रशिक्षण शैलीमा प्रश्न उठेपछि प्रभाकरसँगको सम्झौता टुंग्यायने पक्षमा क्यान आफैं पुगेको थियो ।

एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता जोखिममा रहेको अवस्थामा नेपाली टिममा प्रशिक्षक परिवर्तन हुने क्रम रोकिएको छैन ।

सन् २०१८ मा नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता पाएयताको चार वर्षमा पाँचजना प्रशिक्षक परिवर्तन भएका छन् । तीमध्ये चार जनाले सम्झौताको समयावधि अगाडि नै राजीनामा दिएका छन् ।

एक वर्षको सम्झौता गरी साउन अन्तिम साता नेपाल आएका प्रभाकरको प्रशिक्षणमा नेपालले केन्यासँग टी–२० अन्तर्राष्ट्रिय शृंखला तथा एकदिवशीय शृंखला जितेको थियो ।

अघिल्लो महिना युएईसँगको एकदिवशीय अन्तर्राष्ट्रिय शृंखला जिते पनि नेपालका लागि अत्यावश्यक आईसीसी विश्वकप क्रिकेट लिग टू को हालै सम्पन्न त्रिकोणात्मक शृंखलामा भने नेपालको प्रदर्शन अहिलेसम्मकै खराव रह्यो ।

नेपालले स्कटल्याण्ड र नामिवियासम्मिलित शृंखलामा कुनै पनि खेल जित्न सकेन । पछिल्लो समय क्यानका पदाधिकारीसँग पनि प्रभाकरको सम्वन्ध बिग्रिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?