 
																			२९ मंसिर, विराटनगर । राष्ट्रपति विद्यादेवी भण्डारीले निजी क्षेत्रको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।
बिहीबार विराटनगरमा सुरु भएको विराट एक्स्पोको उद्घाटन गर्दै उनले निजी क्षेत्रलाई लगानी गर्न उत्साहित बनाउनुपर्ने धारणा राखिन् । ‘ थप लगानी भित्र्याउन तथा यहाँका उद्योगी, व्यावसायीलाई उत्साहित राख्न सबै पक्षको विशेष ध्यान जान आवश्यक छ’ उनले भनिन् ।
उनले औद्योगिक पहिचान बनाएको विराटनगरको शाख गुम्न दिन नहुने बताइन् ।‘औद्योगिक नगरीका रुपमा स्थापित विराटनगर पछिल्लो समय पहिचान कायम राख्न संघर्ष गरिरहेको छ,’ उनले भनिन्, ‘यहाँ थप नयाँ लगानी भित्र्याउन उद्योगी व्यवसायीलाई उत्साहित बनाउन सम्बद्ध सबैको ध्यान जान आवश्यक छ। प्रदेश राजधानीसमेत रहेको विराटनगरले आर्थिक क्षेत्र र औद्योगीकरणमा ठूलो सम्भावना बोकेको छ।’
उनले विराटनगरदेखि किमाथाङ्कासम्म कोशी राजमार्ग निर्माणको पूर्णतापछि चीनको बजारसम्म सोझै जोडिन सकिने सम्भावनाको नयाँ ढोका खोलिने बताइन् ।
कोभिडपछि शिथिल बनेको आर्थिक गतिविधिलाई नयाँ उत्साहसहित समग्र राष्ट्रिय अर्थतन्त्रलाई माथि उठाउन आर्थिक प्रदर्शनीले सहयोग पुर्याउने राष्ट्रपति भण्डारीको भनाइ छ ।
उद्योग संगठन मोरङको आयोजनामा सुरु भएको एक्स्पो पुस ६ गतेसम्म सञ्चालन हुनेछ । एक्स्पोमा ३६१ स्टल छन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4