+
+

‘अवतार-२’ को नेपालमा करोड हाराहारीमा ओपनिङ, मल्टिप्लेक्समा आक्रामक

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १ गते १७:५८

काठमाडौं । विश्व प्रतीक्षित हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’ले नेपाली बक्स अफिसमा एक करोड रुपैयाँ ग्रस हाराहारीमा ओपनिङ गरेको छ । शुक्रबार देशभरका ठूला मल्टिप्लेक्समा दर्शक खचाखच रहे ।

हलिउड स्टुडियो डिज्नेको नेपाल वितरक एप्पल इन्टरटेनमेन्टका अनुसार फिल्मले मल्टिप्लेक्समा आक्रामक ओपनिङ गरेको हो । क्यूएफएक्स, बिग, आईएनआई, वान सिनमाज्, एफक्यूबसहित पोखरा, चितवनसहितका सहरस्थित हलमा अकुपेन्सी ९० देखि शतप्रतिशत छ ।

शुक्रबार बिहानैदेखि मल्टिप्लेक्स अकुपेन्सी झण्डै शतप्रतिशत रह्यो । मध्यान्ह, अपरान्ह र रात्रिकालीन शो खचाखच रहे । रिलिजअघि नै फिल्मले नेपालमा आक्रामक ओपनिङको संकेत गरेको थियो ।

प्रदर्शनको दोस्रो दिन फिल्मले नेपालमा एक करोड ३० लाख हाराहारीमा कमाइ गर्ने प्रक्षेपण गरिएको छ । शुक्रबार बेलुकासम्मको टिकट बिक्रीको ट्रेन्ड हेर्दा आइतबार पनि फिल्मको कमाइ ६० लाख ग्रसभन्दा माथि हुनसक्ने अनुमान छ ।

सकारात्मक समीक्षा प्राप्त भएकाले फिल्मले विकडेजमा पनि स्थिर कमाइलाई निरन्तरता दिने अनुमान गरिएको छ । सुरुका तीन दिनमा तीन करोड ग्रस पार गर्न सकेमा फिल्मका लागि यो महत्वपूर्ण उपलब्धि हुनेछ ।

१३ वर्ष लामो पर्खाइपछि शुक्रबारदेखि जेम्स क्यामरुन निर्देशित साइन्स फिक्सन र सुपरहिरो फिल्म विश्वभर प्रदर्शनमा आएको छ । विश्वभरका सञ्चारमाध्यमले यो फिल्मलाई सकारात्मक समीक्षा प्रदान गरेका छन् ।

३५० मिलियन डलरमा निर्माण भएको यो फिल्म विश्वकै महंगो फिल्म समेत हो । भारतमा फिल्मले ५० देखि ६० करोड भारु ओपनिङको प्रक्षेपण गरिएको छ । चीनमा १२० मिलियन डलर ओपनिङ हुने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?