+
+

पत्रकार गिरिराज बाँस्कोटाको कञ्चनजङ्घाको काखबाट विमोचन

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १ गते १८:४६

१ पुस, पाँचथर। पत्रकार  गिरिराज बाँस्कोटाको नियात्रा संग्रह कञ्चनजङ्घाको काखबाट बिमोचन भएको छ । विभिन्न क्षेत्रका रङ्गीन तस्वीर सहित सहितको नियात्रा संग्रह पाँचथर सदरमुकाम फिदिममा बिमोचन भएको हो ।

मोटरसाईकलमा पुष्पलाल (मध्यपहाडी) लोकमार्ग हुँदै पूर्व पश्चिम यात्रा, कञ्चनजङ्घा हिमाल क्षेत्र लगायतका विभिन्न क्षेत्रका नियात्राका २० पाठ पुस्तकमा रहेका छन् । हरेक ठाँउको यात्राका तस्वीर समेत पुस्तकमा समावेश गरीएको छ ।

१ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्बोले उक्त किताब बिमोचन गरेका थिए । पछिल्ला दशबर्ष गरिएका यात्राका विषयबस्तु उक्त पुस्तकमा छन् । चौरी, गुराँस, तितेमाछा जस्ता विषयलाई पनि समेटिएका छन् ।

नेपालका मध्यपहाडीजिल्ला तथा पूर्वका इलाम, पाँचथर, ताप्लेजुङ, तेह्थुम, धनकुटाका विषयहरु समेटिएका छन् ।

मन्त्री आङ्बोले प्रकाशन गरेको उक्त किताको ज्ञान ज्योती पुस्तक पशलले वितरण गर्दै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?