+
+

विश्वकपमा चम्किएका ६ प्रतिभावान युवा खेलाडी

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २ गते १६:२८

२ पुस, काठमाडौं । २०२२ को विश्वकप फुटबलको अब फाइनल खेल मात्रै बाँकी छ । अफ्रिकी राष्ट्र मोरक्कोले पहिलो पटक विश्वकपको सेमिफाइनल खेल्यो । क्रोएशियाका पनि २० वर्षका डिफेन्डरले आफूप्रति ध्यान केन्द्रित गर्न सफल भए ।

फ्रान्सविरुद्ध फाइनल खेल जितेमा अर्जेन्टिनाले यस संस्करणको विश्वकप उपाधी उचाल्नेछ । विश्वकप अन्तिम चरणमा रहँदा केही युवा खेलाडीले भने खेलप्रेमीको मन जित्न सफल भए ।

बीबीसीले तयार गरेको ६ जना प्रभावशाली स्टार

कोडी गाक्पो (नेदरल्यान्ड्स)

विङ्गर कोडी गाक्पो आफ्नो पहिलो विश्वकप यात्राको ३ खेलमा लगातार गोल गर्ने पहिलो नेदरल्यान्ड्सका खेलाडी बने । ६ फिट ४ इन्च अग्ला २३ वर्षीय ग्याक्पो क्लब फुटबलमा पनि उत्तिकै प्रभावशाली छन् ।

उनले पीएसभी इन्डोभेनका लागि २४ खेलमा १३ गोल र १७ असिस्ट गरेका छन् । विश्वकप फुटबलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै उनले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रभाव छोड्न सफल भएका छन् ।

नेदरल्यान्ड्सका प्रशिक्षक लुइसले कोडीबारे भनेका छन्, ‘कोडीमा स्टार बन्ने सबै गुण छन् ।’ भर्जिल भान डाइकले पनि कोडीको प्रशंसा गर्दै भनेका छन्, ‘उनी चन्द्रमाको जति उचाइमा पुग्न सक्छन् र उनको मागले आकाश छुन सक्छ ।’

एन्जो फर्नान्डेज(अर्जेन्टिना)

अर्जेन्टिनी मिडफिल्डर एन्जो फर्नान्डेजले विश्वकप अघि अर्जेन्टिनाबाट कुनै पनि खेल खेलेका थिएनन् । जादुयी क्षमता भएका लियोनेल मेस्सीको कप्तानीमा खेलिरहेका उनले टिममा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

२१ वर्षीय खेलाडीले मेक्सिकोविरुद्धको समूह चरणको दोस्रो खेलमा एक उत्कृष्ट गोल गरे । पहिलो खेलमा साउदी अरेयिबासँग हारे पनि उनले उत्कृष्ट प्रदर्शन गरे ।

क्रोएशियासँगको सेमिफाइनल जितमा उनले उत्कृष्ट ट्याकल गरे । उनले उक्त खेलमा मेस्सीलाई ६२ पास मिलाएका थिए ।उनी पोर्चुगाली टिम बेन्फिकामा ६ महिनाअघि ८.६ मिलियन पाउण्डमा आवद्ध भएका छन् ।

एज्जेदिन ओनाही (मोरक्को)

मोरक्कोका मिडफिल्डर एज्जेदिन ओनाहीले विश्वकपमा उत्कृष्ट प्रदर्शन गरे । प्रतियोगिता अघि अज्ञात रहेका उनी प्रतियोगिता सकिँदा धेरैले सम्झिने नाम बनेका छन् ।’

‘हे भगवान यो मान्छे कहाँबाट आयो । यिनीहरुको आठ नम्बर जर्सी लगाउने मलाई उसको नाम याद भएन’ भन्ने अवस्थाका ओनाहीले विश्वकपमा आफ्नो नाम रंगीन बनाएर छोडेका छन् ।

२२ वर्षीय ओनाहीले सेमिफाइनलमा उत्कृष्ट खेल प्रदर्शन गरे । उनको अलराउण्डर प्रदर्शनपछि लुइस एनरिकको स्पेन अन्तिम १६ मै सीमित भयो । २०१० को विश्वकप विजेताविरुद्धको खेलमा उनले फुटबल मैदानमा १४.७ किमी दुरी तय गरेका थिए ।

जोस्को ग्वार्डिओल (क्रोएशिया)

जोस्को ग्वार्डिओल विश्वकपमा मास्क लगाएका खेलाडीको रुपमा चिनिए । विश्वकपअघि क्लबको खेलमा नाकमा चोट लागेका कारण उनी विश्पकपको मैदानमा मास्क लगाएर उत्रिएका थिए ।

क्रोएशियाको मुख्य डिफेन्डरका रुपमा देखिएका २० वर्षीय ग्वार्डिओलको प्रदर्शन सुपर हिरोको जस्तै थियो । उनको प्रदर्शनले क्रोएशियालाई सेमिफाइनलसम्मको यात्रा तय गर्न मद्दत ग¥यो । सेमिफाइनलमा अर्जेन्टिनासँग टिमले हारे पनि उनको प्रदर्शन भने निकै सम्झन लायक रह्यो ।

उनी एक आक्रामक किसिमका डिफेन्डर थिए । बीबीसी रेडियो लाइभ ५ मा फुटबल पण्डित पेट नेविनले ग्वार्डिओलका बारेमा भनेका छन्, ‘रोल्स रोयल्स अफ अ डिफेन्डर ।’

इङ्ल्यान्डका पूर्व स्ट्राइकर एलन शियररले भने, ‘क्रोएशियाले खेलेका हरेक खेलमा उनको प्रदर्शन उच्च थियो । क्रोएशियाले जसरी खेल्यो, त्यसका कारण पनि उनीमाथि ठूलो भार रहेको थियो ।’

‘उनी एक बलियो पिलर थिए । उनी एकदम मजबुत र बहादुर डिफेन्डर हुन्’ शियररले भनेका छन् ।

जुड बेलिङ्हम (इङ्ल्यान्ड)

विश्वकपका बेला फिल फोडनले जुड बेलिङ्हमबारे भनेका थिए, ‘मलाई लाग्छ उनी विश्वकै उत्कृष्ट मिडफिल्डर हुन सक्छन् ।’ १९ वर्षीय जुडको फुटबल शैली उनको उमेरभन्दा निकै पाको छ । उनी इङ्ल्यान्ड मिडफिल्डको बलियो खम्बा हुन् ।

फ्रान्सविरुद्धको पेनाल्टीमा गोल गर्न चुकेपछि उनलाई कप्तान ह्यारी केनले थम्थमाएर सान्त्वना दिए । इंगल्याण्डमा बेलिङ्हमको विषयलाई लिएर अहिले नै प्रश्न गर्न थालिएको छ, के उनी इङ्ल्यान्डको आर्मव्याण्ड लगाउन लायक होलान् त ?
इरानसँगको पहिलो खेलमा ६–२ को जित दर्ता गर्दा बेलिङ्हम इङल्यान्डका लागि गोल गर्ने दोस्रो युवा खेलाडी बने । उनको सानदार प्रदर्शनका कारण सेनेगलविरुद्ध अन्तिम १६ मा इंगल्याण्डले जित हात पा¥यो । उनी १९६६ पश्चात नकआउटमा असिस्ट गर्ने सबैभन्दा कान्छा खेलाडी पनि बने ।

गान्कोलो रामोस (पोर्चुगल)

विश्वको नजर भएको स्थानमा आफूलाई कसरी चिनाउने भन्ने कुरा खेलाडीमा भर पर्ने कुरा हो ।

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको स्थानमा अन्तिम १६ को खेलमा विश्वकपमा पहिलो खेल खेल्ने मौका पाएका रामोसले पहिलो खेलमा नै ह्याट्रिक गरेर विश्वको ध्यान आफूतिर खिच्न सफल भए । स्वीट्जरल्यान्डविरुद्ध उनले गरेको प्रदर्शन कुनै जादुयी क्षणभन्दा कम थिएन ।

२१ वर्षीय उनले सानदार प्रदर्शन गरे । म्यानचेस्टर युनाइटेडका पूर्व फरवार्ड रोनाल्डोको तुलनामा उनले नकआउट चरणमा बढी गोल गरे ।

सन् १९६६ पछि पोर्चुगलको लागि विश्वकपको एकै खेलमा ह्याट्रिक गर्ने उनी पहिलो खेलाडी बनेका छन् । अब यी युवालाई बेन्फिकामा पोर्चुगिज दिग्गजलाई पछि पार्न ४७३ गोलको आवश्यकता पर्छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?