+
+

काठमाडौंमा मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाइते

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ३ गते १०:४६

३ पुस, काठमाडौं । काठमाडौंको शंखपार्क नजिक आज ठेलागाढामा ठोक्किएर मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा बा ९८ प ४८ ९८ नम्बरको मोटरसाइकल चालक सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका घर भई हाल काठमाडौं बस्दै आएका ३३ वषर्ीय प्रकाश दुलाल गम्भीर घाइते भएका हुन् । उनको महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

आज बिहान करिब ३ बजे चप्पल कारखानाबाट सुकेधारातर्फ जाँदै गरेको बा ९८ प ४८९८ नम्बरको मोटरसाइकल सोही दिशातर्फ जाँदै गरेको ठेलामा ठोक्किएको थियो ।

यसैगरी उदयपुरको ताप्ली गाउँपालिका ५ रनितेमा बोलेरो जीप दुर्घटना हुँदा २ जना गम्भीर घाइते भएका छन् ।

रुपाटारबाट पराल लिएर रतिने जाँदै गरेको प्रदेश १-०५-००१ च ००३२ नम्बरको बोलेरो जीप गएराति पौने १० बजे सडकबाट करिब तीन सय मिटर तल खस्दा जिप चालक २१ वर्षीय प्रविन मल्ल र जिपमा सवार ३९ वर्षीय लालबहादुर सुनुवार घाइते भएका हुन् ।

घाइते दुवैलाई उपचारको लागि कटारी अस्पताल पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?