+
+
Shares

तारकेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मृत्यु हुनेमा तारकेश्‍वर नगरपालिका–३ मुड्खु बस्ने काठमाडौं सिनामंगल घर भएका २९ वर्षीय सुरज हुमागाई रहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १० गते १७:४४

१० वैशाख, काठमाडौं । तारकेश्‍वर नगरपालिका–५ मुड्खु चेकपोष्ट नजिक सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तारकेश्‍वर नगरपालिका–३ मुड्खु बस्ने काठमाडौं सिनामंगल घर भएका २९ वर्षीय सुरज हुमागाई रहेका छन् ।

बा ५७ प ६१६६ नम्बरको मोटरसाइकलको पछाडी सवार उनी दुर्घटनामा परेका थिए । दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?