+
+

एलन मस्क मंगल ग्रहमा मानव बस्ती सपना थाती राखेर किन अड्किएका छन् ट्वीटरमा ?

जोइ क्लाइनम्यान जोइ क्लाइनम्यान
२०७९ पुष ३ गते १६:१०

म धेरै वर्षदेखि एलन मस्कलाई नियाल्दै आएको छु। उनले सामाजिक सञ्जाल साइट ट्वीटर किन्ने निर्णय गरेदेखि पछिल्ला केही महिनाहरूमा उनलाई अझ नजिकबाट हेरिरहेको छु ।

उनी विश्वकै धनी व्यक्तिमध्ये एक हुन् । केही दिनअघि त उनी विश्वकै धनी व्यक्ति थिए । उनका कम्पनीहरू टेस्ला, स्पेस एक्स, स्टारलिंक र न्यूरालिङ्क संसारको ध्यान खिच्न सफल हाई-प्रोफाइल कम्पनीहरूमा पर्दछन् ।

५१ वर्षीय एलन मस्कको जीवन फरक छ । उनका एकदेखि १८ वर्ष उमेरमा दौडिरहेका १० बच्चाहरू छन् । उनको पहिलो छोरो जन्मेको १० हप्तामै बितेका थिए ।

दक्षिण अफ्रिकामा जन्मेका मस्कलाई एस्पर्जर सिन्ड्रोम छ जुन अटिजमको एक रूप छ। आफ्नो जीवनको मुख्य लक्ष्य मंगल ग्रहमा मानव बस्ती बसाउने रहेको छ ।

अरू धेरैले भन्ने गरेजस्तै म पनि एलन मस्कको व्यक्तित्वका धेरै अनुहार छन् भन्ने कुरा मान्छु ।

उनले आफ्ना असंख्य ट्वीटहरू मार्फत प्रस्तुत गरेको व्यक्तित्व उत्तेजक, विवादास्पद र दम्भले भरिएको छ । आफूले जे बोले पनि विश्वभर यी हेडलाइन बन्छन् भन्ने उनलाई थाहा छ ।

मिडियालाई अपमान र ठट्टाका साथ ट्रोल गर्दा उनलाई आनन्द आउँछ । हामी पत्रकारले उनलाई ठूला ठूला हेडलाइनमा समेटून् भन्ने उनी चाहन्छन् ।

सार्वजनिक रूपमा उनी ‘शोम्यान’ का रूपमा चिनिएका छन् । चाहे त्यो इलेक्ट्रिक कार बनाउने रोबोटसँग नाँचेर होस्, वा टेस्लाको पछिल्लो प्रोटोटाइपको साथमा विजेताको रूपमा देखा परेर होस्, वा सिङ्क बोकेर ट्वीटरको मुख्यालयमा प्रवेश गरेर होस्। सेनेटरीवेयरसँगै भित्र पसेको तस्विर ट्वीट गर्दै उनले लेखेका छन्, ‘लेट द सिंक इन ।’

एउटा पार्टीमा त उनी ७.५ हजार डलर पर्ने लेदर आर्मर ‘डेभिल्स च्याम्पियन’ लगाएर देखा परे ।

मस्कले आफ्नी पूर्व पत्नी तल्लुलाह रिलेसँग दुई पटक विवाह गरे। उनले एक पटक बीबीसीको डकुमेन्ट्री शृंखला ‘द एलन मस्क शो’ मा मस्कलाई ‘प्यारा’ र ‘लजालु’ व्यक्तिको रूपमा वर्णन गरिन्।

एलन मस्कलाई सिलिकन भ्यालीका दिग्गज पत्रकार तथा लेखक माइक मालोनले २० वर्षदेखि नजिकबाट चिनेका छन्। उनका अनुसार मस्क एकदमै रिजर्भ, धेरै स्मार्ट, अंतरावलोकन गर्ने र बौद्धिक व्यक्ति हुन्। मंगल ग्रहमा अवतरण गर्ने अन्तरिक्ष यानसँग सम्बन्धित जटिल क्षेप्यास्त्रले बनाएका संचरनाहरू पढेर उनी उडानमा उनीहरू सँगसँगै लामो उडानमा गएका छन् ।

यी दुईबीच २०३० सम्ममा मंगल ग्रहमा मानिस पठाइसक्नेबारे ५ डलरको बाजी छ । उनले मसँग भने, ‘मैले भनेँ, तिमीले यो गर्न सक्छौ भन्ने मलाई लाग्दैन। तर म चाहन्छु कि तिमीले यो गर। म तिमीलाई दिनु पर्ने ५ डलर दिनु परोस् ।’
माइक मालोनका अनुसार उक्त बाजी अहिले पनि कायम छ ।

 

मानवलाई मंगल ग्रहमा पठाउनु मस्कको जीवनको सबैभन्दा महत्वाकांक्षी लक्ष्य हो।

एलन मस्कको विश्वास छ कि मानिसले कुनै न कुनै दिन पृथ्वी छोड्नुपर्छ। कतिपयले उनको यो दीर्घकालीन लक्ष्यसँग केही अत्यधिक धनी मानिसले मन पराएको दर्शन जोडिन्छ जसले तत्कालका आवश्यकताहरूमा ध्यान केन्द्रित गर्नुको सट्टा सुदूर भविष्यमा अरबौं मानिसहरूको हितमा काम गर्न खोज्छ ।

यो कुराले अन्तरिक्षमा उनको विशेष रुचि स्पष्ट देखिन्छ । तर ट्वीटरमा उनले बिताइरहेको समय यो लक्ष्यलाई कसरी सघाउँछ ?

एलन मस्कले यस हप्ताको ट्वीटमा त्यो प्रश्नको जवाफ दिएका छन् । उनले लेखेका छन्, ‘सामाजिक सञ्जाल, विशेषगरी ट्वीटरले सभ्यतालाई नष्ट गरिरहेको थियो । मंगल ग्रह आत्मनिर्भर हुनुअघि नै सभ्यता ध्वस्त भयो भने त्यसको केही अर्थ हुँदैन । मानव चेतना हराएको छ ।

तर ट्वीटरले कसरी ‘सभ्यताको क्षयीकरण’ गरिरहेको छ?

मस्कको जवाफ छ, ‘सुरुमा त यसलाई किन्नुको उद्देश्य २१ औं शताब्दीको लागि डिजिटल, ग्लोबल प्लेटफर्म सिर्जना गर्नु थियो, जहाँ मानिसहरूले समाजका ठूला मुद्दाहरूमा छलफल गर्न सक्छन् ।’

उनले ट्वीटरको पहिलेको व्यवस्थापनले वामपन्थी विचारभन्दा दक्षिणपन्थी विचारलाई कम महत्व दिएको बारेमा पटकपटक लेख्दै आएका थिए । उनले आफ्नो कुरालाई पुष्टि गर्न ट्वीटरका धेरै आन्तरिक दस्तावेजहरू नै सार्वजनिक गरिदिए ।
ट्वीटरमा फैलिएको गाली र गलत सूचनालाई वास्तविक एजेन्डाहरूबाट विचलित गर्ने तरिकाको रूपमा पनि मान्न सकिन्छ। एलन मस्क यस विषयमा छलफल गर्न चाहन्छन् ।

यद्यपि, अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्ने र आपत्तिजनक सामग्रीलाई दबाउने कामबीच सन्तुलन कायम गर्न धेरै गाह्रो हुन्छ भन्ने कुरा काम गर्नेहरूलाई मात्रै राम्ररी थाहा छ ।

 

मस्कको दिमागमा सायद ट्वीटर र न्यूरालिंक बीचको कुनै सम्बन्ध पनि छ, जसले मानव मष्तिष्क र कम्प्युटर बीचको सीधा सम्बन्ध बनाउने प्रयास गरिरहेको छ ।

के यो हुन सक्छ कि ट्वीटर उनको अनुसन्धानको एक महत्वपूर्ण हिस्सा हो र उनले ३० करोड मानिसहरूको जीवित र सास फेर्ने न्यूरल नेटवर्क किनेका छन् ?

ठीक छ, हामी विज्ञान कथाको दायरामा छौं। तर त्यसलाई कुनै न कुनै रूपमा अर्को ग्रहमा ढुवानी गर्नु मानव चेतनालाई पृथ्वीबाट टाढा लैजाने एउटा तरिका हो – र हामीलाई थाहा छ मस्क महोदयलाई चुनौती मन पर्छ।

फरक चुनौती

सन् २०१३ सम्म स्पेसएक्समा एलन मस्कसँग छ वर्ष काम गरेकी उद्यमी डली सिंहलाई मालोनले आफ्नो ५ डलरको बाजी हार्नुपर्ने लाग्छ । उनका अनुसार एलन मस्क विरुद्ध बाजी लगाउनु सामान्यतया जोखिमपूर्ण रोजाइ हो ।

‘म मैले नै बनाएको नियमअनुसार उनीविरुद्ध कहिल्यै बाजी लगाउनेछैन,’ उनले भनिन् ।

तर, डली सिंहले पनि ट्वीटरले आफूलाई फरक किसिमको चुनौती दिएको विश्वास गर्छिन् ।

उनी भन्छिन्, ‘मस्कले सोचेभन्दा धेरै गाह्रो हुनेछ। यसका लागि उनले धेरै मेहनत गर्नुपर्नेछ।’

एक अव्यवस्थित प्लेटफर्म
एलन मस्कले इन्जिनियरिङ र कोडलाई प्राथमिकता दिने विषयमा खुलेर कुरा गरेका छन् ।

गत वर्ष भ्यानकुभरमा भएको टेक्नोलोजी, इन्टरटेनमेन्ट, डिजाइन (टेड) सम्मेलनमा बोल्दै उनले आफू हुर्कंदै गर्दा मानिसहरू आफूले बुझ्ने गरी किन बोल्दैनन् भनेर आफूले नबुझेको बताएका थिए ।

एक टेक्ट म्यासेजमा उनले लेखे, ‘म प्रोग्राम प्रबन्धकहरू/एमबीएहरू भन्दा हार्डकोर प्रोग्रामिङ गर्न सक्षम इन्जिनियरहरूलाई बढी रुचाउँछु । स्पष्ट रूपमा भन्नुपर्दा, म व्यवस्थापनलाई घृणा गर्छु। मलाई लाग्दैन कि कोही कसैको मालिक हुनुपर्छ। मलाई प्राविधिक/उत्पादन डिजाइन, समस्याको समाधानमा सघाउन मन पर्छ।’

उनीहरुको समस्या यो हो कि ट्वीटर यस्तो अव्यवस्थित प्लेटफर्म हो, जहाँ लाखौं मानिसहरु चिच्याउने, हाँस्ने, ट्रोल र बहस गर्ने गर्दछन् ।

मस्कले पहिले नै यसलाई सहजीकरण गर्ने प्रयास गरिसकेका छन्। यो चलाउन उनले सोचेभन्दा धेरै गाह्रो हुने भनी बोल्ने व्यक्ति डली सिंह मात्र होइनन् ।

‘अद्भुत मेहनती’
एक व्यापारी र नेताको रूपमा उनी निर्दयी हुन सक्छन् । त्यसो त, कैयौं सीईओहरूसँग तुलना गर्दा उनी तिनीहरूजति निर्दयी छैनन् ।

ट्वीटर किनेको एक साताभित्रै उनले आधा कर्मचारीलाई कामबाट निकाले । बाँकीलाई कडा र लामो काम गर्ने अवस्थाहरूमा हस्ताक्षर गर्न भने ।

कोरोना महामारीका कारण लागू गरिएको लकडाउनपछि आफ्ना सबै कम्पनीका कर्मचारीलाई कार्यालयमा बोलाउने उनी पहिलो व्यक्ति हुन् । यो त्यतिबेलाको कुरा हो जब उनले ट्वीटर किनेका थिएनन् ।

उनी आफ्ना कर्मचारीहरूबाट शत प्रतिशत भन्दा कम प्रतिबद्धता सहन सक्दैनन् ।

डली सिंहको विचारमा एलन मस्क एक ‘अतुलनीय नेता’ हुन् । उनी भन्छिन्, ‘मस्क आफू बाहेक ‘सबैलाई गलत साबित गर्न’ प्रतिबद्ध छन् । उनी अरू कसैको तुलनामा धेरै मेहनती छन् ।’

उनी भन्छिन्, ‘एलन एउटा यस्तो संसारमा बस्न रुचाउँछन् जहाँ एक हप्तामा ८० घण्टा काम गर्नुपर्छ। उनले कडा परिश्रम गर्छु भन्नु ठिकै छ, किनभने उनी यो कुरा भन्दैनन् मात्र गर्छन् पनि । उनी अफिसको भुइँमा स्लीपिङ ब्यागमा पनि सुत्छन् ।’

धेरै मानिसहरूलाई केही समयपछि अल्छी लाग्ने गरे पनि मस्कको हकमा यस्तो नदेखेको उनको अनुभव छ ।

उनले ट्वीटरको सान फ्रान्सिस्को मुख्यालयमा आफ्ना कर्मचारीहरूका लागि ओछ्यानहरू राखेका छन्। यद्यप, उनी आफैं पनि त्यहीँ सुतिरहेका छन् भनिन्छ । यहाँसम्म कि उनले आफ्नो दुई वर्षको छोरा पनि कम्पनी मै रहेको तस्बिर पनि शेयर गरेका छन् ।

१९९० को दशकमा उनीसँग काम गरेका अरूले पनि उनको असाधारण काम गर्ने शैलीलाई सम्झन्छन्। शुक्रबार राति ९ बजे कार्यालयमा कसैलाई नभेटेपछि आक्रोशित भएको एक जनाले सम्झिए ।

इलोन मस्कका लागि समय सबैभन्दा मूल्यवान् चीज भएको डली सिंह बताउँछिन् । ‘सोच्नुस् त प्रत्येक सेकेन्डको कति मूल्य हुन्छ,’ उनी भन्छिन् ।

यो कति विशाल हुन्छ भनेर बुझ्न तपाईंले हिसाब नै जान्नु पर्दैन ।

र, अहिले उनी यी सबै ट्वीटरमा खन्याइरहेका छन् ।

सायद, मालोन महोदयले अझै ५ डलर खर्च गर्नुपर्ने अवस्था बनेको छैन ।

(बीबीसीबाट भावानुवाद गरिएको)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?