+
+

पश्चिम तराईका जिल्लामा चिसो बढ्यो, बालबालिकामा निमोनिया संक्रमण

रासस रासस
२०७९ पुष ३ गते १७:१६

३ पुस, बर्दिया । बर्दियालगायत पश्चिम तराईका जिल्लामा शीतलहर बढेको छ । बाक्लो हुस्सु लाग्न थालेपछि अत्यधिक चिसो बढेको छ भने शीतलहरले गर्दा जनजीवन निकै प्रभावित भएको छ ।

शीतलहरसँगै जाडोका कारण जनजीवन प्रभावित बनेका छन् । शीतलहरका कारण वृद्धवृद्धा र केटाकेटी सबैभन्दा बढी प्रभावित भएका छन् । शीतलहरसँगै अत्यधिक चिसो बढेपछि बालबालिकामा निमोनिया र श्वासप्रश्वासको सङ्क्रमण बढेको छ ।

चिसो बढेपछि स्थानीय बासिन्दाले बिहानपख ठाउँ–ठाउँमा आगो ताप्न सुरु गरेका छन् । दिउँसो अलि–अलि घाम लागे पनि बिहान-बेलुका भने चिसोले काम गर्नसमेत समस्या पारेको बर्दिया मधुवनका यामप्रसाद शर्माले बताए ।

शीतलहरका कारण तरकारी बालीसमेत प्रभावित भएको छ । शीतलहरले आलु, गोलभेँडा र अन्य सागपातमा समेत असर पुर्‍याएको मधुवन नगरपालिका–८ का कृषक टोपबहादुर भाटले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?