+
+

बैंकिङ कसुर मुद्दामा ९९ जनाविरुद्ध मुद्दा, ३० दिनभित्र उच्च अदालत पाटनमा हाजिर हुन आदेश

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ४ गते ८:३३

४ पुस, काठमाडौं । उच्च अदालतले पाटनले बैंकिङ कसुर मुद्दामा ९९ जनालाई ३० दिनभित्र बयानका लागि उपस्थित हुन आदेश दिएको छ । यी सबै मुद्दाहरुमा नेपाल सरकार प्रतिवादी छ ।

उच्च अदालत पाटनले आज पुस ४ गतेको मितिदेखि ३० दिनभित्र बयानका लागि अदालतमा हाजिर हुन आउन भनेको छ । अन्यथा कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाउने सूचनामा उल्लेख छ ।

बयानका लागि बोलाइएकाहरुमा सुर्खेतका देवी कृष्ण न्यौपाने, काठमाडौं स्वयम्भुका लालबहादुर घले, काठमाडौं बौद्धका प्रेम खत्री, काठमाडौं गोकर्णेश्वरका केदार बोहरा, भारतको बिहार घर भई हाल काठमाडौंको कुलेश्वर बस्ने मुकेश शाह, काठमाडौंको धुम्बाराही बस्ने शंकर प्रसाद नेपाल, काठमाडौंको तारकेश्वर जरंखु बस्ने सुवास खड्का, काठमाडौं चाबहिलकी दीपा चौलागाईं, दार्चुला घर भई काठमाडौंको नयाँबानेश्वर बस्ने विरेन्द्र सिंह धामी, भक्तपुरको मध्यपुर ठिमी घर भई हाल चाबहिल गणेस्थानमा पसल गरी बस्ने मुनि रत्न चक्रधर छन् ।

यसैगरी सिन्धुपाल्चोकको फुल्पिङडाँडा घर भई काठमाडौंमा बस्दै आएका निरोज श्रेष्ठ, काठमाडौंको तारकेश्वर-७ बस्ने सबिना कार्की, काठमाडौं चन्द्रागिरि-११ का रुपक कुमार कार्की, काठमाडौंको टोखा बस्दै आएका टेक सिटी इन्टरप्राइजेजका सन्चालक ईशान न्यौपाने, सोलुखुम्बु घर भई काठमाडौंको टोखा बस्दै आएका सुनिल कार्की, खोटाङ घर भई हाल काठमाडौंको बालाजु बस्ने इन्द्रलाल गिरी, सुनसरी घर भई हाल काठमाडौंको टोखामा लायन्स इन्जिनियरिङ कन्स्ट्रक्सनका सन्चालक प्रशान्त चौधरी, काठमाडौंको तारकेश्वरका उदीपनारायण जोशीविरुद्ध पनि ३० दिने म्यादसहित सूचना जारी गरिएको छ ।

बैंकिङ कसुर मुद्दामा ३० दिने म्याद जारी भएका अन्यमा, मोरङ घर भई हाल काठमाडौं-७ बस्दै आएका श्याम थापा, रौतहट घर भई हाल काठमाडौंको खरीबोट बस्दै आएका सुबोध कुमार साह भन्ने सरोज कुमार साह, धनुषा घर भई हाल काठमाडौंको कोटेश्वर बस्ने उदित नारायण मण्डल र नुवाकोट घर भइ काठमाडौंको जोरपाटी बस्ने सुजन तामाङलगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?