+
+

कतारमा विश्वकप रंगशाला निर्माण गर्दा ज्यान गुमाउने नेपालीका परिवारलाई मिस वर्ल्डले सघाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ४ गते १२:१७
मिस वर्ल्ड-२०२२ केरोलिना बिलावस्का र मिस वर्ल्डका सहअध्यक्ष दीपेन्द्र गुरुङ

काठमाडौं । कतारमा विश्वकप फुटबलका लागि रंगशाला निर्माण गर्ने क्रममा ज्यान गुमाउने नेपालसहित अन्य मुलुकका आप्रवासी कामदारको परिवारलाई विश्वसुन्दरी प्रतियोगिताले सहयोग गर्ने भएको छ ।

मिस वर्ल्डका सहअध्यक्ष दीपेन्द्र गुरुङले संस्थाको सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत कतारमा रंगशाला निर्माणका क्रममा ज्यान गुमाउने एक हजारभन्दा बढी नेपाली कामदारका परिवारलाई सघाउने बताएका हुन् ।

विश्वकपको फाइनल खेल हेर्न दोहा पुगेका उनले इन्स्टाग्राम पोस्टमार्फत मिस वर्ल्डको आगामी ७१ औं संस्करणको ब्युटी विथ पर्पस कार्यक्रममार्फत मृतक कामदारका बालबच्चा, विधवा र बाबुआमालाई सम्बोधन गरिने जनाएका छन् ।

ब्युटी विथ पर्पस परियोजना विश्वसुन्दरी प्रतियोगिताको महत्वपूर्ण सबटाइटल तथा सामाजिक कार्यक्रम हो । यो परियोजना अन्तर्गत रहेर विश्वसुन्दरी प्रतियोगिताका प्रतिस्पर्धीले सामाजिक कार्य गर्दै आएका छन् ।

रंगशाला निर्माणमा खटिएका नेपालसहित भारत, पाकिस्तान, बंगलादेश र फिलिपिन्सका आप्रवासी कामदारका परिवारलाई सघाउने उनले जनाएका छन् । ‘ज्यान गुमाउने कामदारप्रति नेपाल सहानुभूति व्यक्त गर्छ,’ उनले उल्लेख गरेका छन् ।

सहअध्यक्ष गुरुङले उक्त पोस्टमा रंगशाला र नेपालको राष्ट्रिय झण्डाको तस्वीर पनि प्रस्तुत गरेका छन् । गुरुङले सन् २०२३ को विश्वसुन्दरी प्रतियोगिताको संस्करणबाट औपचारिक रुपमा मिस वल्र्डको सहअध्यक्षको रुपमा जिम्मेवारी सम्हाल्दैछन् ।

यसैबीच, ज्यान गुमाउने आप्रवासी कामदारका परिवारलाई सघाउनेतर्फ मिस नेपाल आयोजक द हिडन ट्रेजरले पनि सोचिरहेको जनाएको छ ।

‘अहिल्यै कार्यक्रम त तयार गरेका छैनौं तर यसबारे हामीले छलफल चलाइरहेका छौं,’ हिडन ट्रेजरका निर्देशक प्रमोद कंसाकारले अनलाइनबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?