+
+

माधव नेपालको चेतावनी : गठबन्धनका नेतामा अहंकार पलाए जस्तोसुकै स्थितिको सामना गर्छौं

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ४ गते १३:१९

४ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धनका नेताहरुमा अहंकार देखिए जस्तोसुकै परिस्थितिको सामना गर्न तयार रहेको चेतावनी दिएका छन् ।

सोमबार पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई दिन आयोजित कार्यक्रममा उनले आफूहरुको चाहना भने सत्तारुढ गठबन्धनलाई नै निरन्तरता दिने रहेको बताए ।

‘हामीले अहिलेकै गठबन्धनलाई कायम राख्ने छौं,’ नेपालले भने, ‘गठबन्धन दलका नेताहरुले संगसँगै जाने सहमति पनि गरेका छौं । तर, गठबन्धनभित्रकै दलहरुका नेताहरुमा अहंकार पलाउँछ भने हामी जस्तोसुकै स्थितिको सामना गर्न तयार छौं ।’

उनले यसबारेमा थप व्याख्या भने गरेनन् । सत्ता गठबन्धनभित्र शक्ति बाँडफाँटका विषयमा औपचारिक छलफल सुरु नभइसकेका बेला नेपालले दिएको चेतावनीलाई अर्थपूर्ण मानिएको छ । प्रत्यक्षमा १० सिट जितेको एकीकृत समाजवादीले मुख्य पाँच पदमध्ये एक आफूले पाउनुपर्ने दाबी गरेको छ ।

कतिपयले वामपन्थीमात्रै र गैरवामपन्थीको सरकार बन्न सक्ने चर्चा गरेको भन्दै उनले तयसको अर्थ नभएको बताए ।

यो प्रतिनिधिसभा निर्वाचनबाट कांग्रेसलाई धेरै फाइदा भएको टिप्पणीसमेत नेपालले गरे । ‘यो निर्वाचनलाई कुनै पार्टीलाई बहुमत दिएको छैन’, उनको भनाइ छ, ‘अरु जम्मैले नोक्सानी बेहोरे, फाइदा लियो नेपाली कांग्रेसले । त्यो स्वभाविक थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?