+
+

खटपटको चर्चाबीच ऋचाले टिकटकमा हालिन् निशान भट्टराईसँगको रोमान्टिक भिडियो

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ४ गते १३:४३
फाइल तस्वीर

काठमाडौं । गायक निशान भट्टराईको वैवाहिक जीवनमा खटपट आएको कुराले पछिल्लो साता निकै चर्चा पायो । फेसबुक र इन्स्टाग्राममा एकले अर्काको तस्वीर हटाएका उनीहरुले अनफलो समेत गरेका थिए ।

निशान र पत्नी ऋचा न्यौपानेले विवाह मात्र होइन एकअर्कासँगका तस्वीर लुकाउँदा खटपटको शंकालाई बल मिलेको थियो । ‘सम्बन्धविच्छेद’को हल्ला व्यापक बनेपछि यी दुवै जनाले आफूहरुबीचको सम्बन्ध सामान्य रहेको प्रष्टीकरण दिन खोजेका छन् ।

निशान र ऋचा दुवैले लुकाएका फेसबुक र इन्स्टाग्रामका एकअर्काका रोमान्टिक तस्वीर पुनः सार्वजनिक गरेका छन् । ऋचाले डिएक्टिभेड रहेको आफ्नो फेसबुक अकाउन्ट पनि एक्टिभ गरेकी छन् । ऋचाले टिकटकमा निशानसँगको रोमान्टिक भिडियो पोस्ट गरेकी छन् ।

सुरुमा फोटो र भिडियो हटाएका र मिडियामा खबर आएपछि पुनः पोस्ट गर्दै उनीहरुले हल्लालाई खण्डन गर्न चाहेको देखिन्छ । फोटो र भिडियो पुनः पोस्ट गरे पनि यी दुईले शाब्दिक रुपमा सम्बन्धबारे खुलाएर केही बोलेका छैनन् ।

@richa_neupane………

♬ Jab Se Tere Naina – Monty Sharma & Shaan

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?