+
+

कास्कीका मोतीराम गौतमको स्पेनमा मृत्यु 

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ५ गते ७:२२

५ पुस, बार्सिलोना । कास्की पोखरा-१३ स्थायी घर भएका ५९ वर्षीय मोतीराम गौतमको स्पेनमा मृत्यु भएको छ।

क्याटालोनियाको लिदिया प्रान्तमा बस्दै आएका गौतम शुक्रबार साँझ आफू बसेकै अपार्टमेन्टमा मृत अवस्थामा भेटिएका हुन् ।

गौतम झन्डै डेढ दशकदेखि स्पेनमा बस्दै आएका थिए। दिवङ्गत गौतमका श्रीमती, एक छोरा र दुई छोरीहरु रहेका छन्।

लिदिया प्रान्तमा बस्दै आएका अर्का एक नेपाली तर्कबहादुर बानियाँका अनुसार गौतम केही दिनअघि कोरोनाबाट संक्रमित भएका थिए। ‘उहाँ एक हप्ताअघि कोरोनाबाट संक्रमित भएर अस्पतालमा भर्ना हुनुभएको थियो। अस्पतालबाट घर फर्केपछि एकदिन हामीसँगै काममा पनि जानुभयो,’ बानियाँले भने, ‘तर शुक्रबार बिहानदेखि सम्पर्क गर्दा फोन समेत उठेन। खोजी गर्दा घरभित्र सोफा तल लडिरहेको अवस्थामा मृत भेटिनुभयो।’

बुधबार दिउँसो गौतमको शव अन्तिम श्रद्धाञ्जलीका लागि राखिने एनआरएनए स्पेनले जनाएको छ। पारिवारिक स्रोतका अनुसार गौतमको अन्तिम संस्कार बुधबार साँझ लिदियामा नै गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?