+
+

द ब्रिटिस कलेजले नयाँ आईटी प्रोग्राम्स सञ्चालनमा ल्याउँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ५ गते १३:०२

काठमाडौं । बेलायतको किल विश्वविद्यालयसँगको साझेदारीमा ‘द ब्रिटिस कलेज’ले ‘एमएस्सी एड्भान्स कम्प्युटर साइन्स’ प्रोग्राम सञ्चालनमा ल्याउने भएको छ ।

यो प्रोग्राम ‘द ब्रिटिस कलेज’को सहायक संस्था ‘द ब्रिटिस इन्टरनेशनल कलेज’ द्वारा सञ्चालन गराइनेछ । यो कोर्सका लागि आवेदन दिने पहिलो ३० आवेदकहरुलाई छात्रवृत्ति पनि उपलब्ध गराइने कलेजले जनाएको छ ।

किल विश्वविद्यालयको यो कोर्स निकै एडभान्स तरिकाले डिजाइन गरिएकाले विद्यार्थीहरुका लागि निकै फलदायी हुने कलेजले जनाएको छ । यो कोर्सले विद्यार्थीहरुलाई कम्प्युटर साइन्सको विभिन्न क्षेत्र (प्रोग्रामिङ ल्याङग्वेयज, अल्गोरिदम्स, डेटा साइन्स, कम्प्युटर आर्किटेक्चर, र सफ्टवेयर इन्जिनियरिङ) लाई समेट्ने कलेजले जनाएको छ ।

ब्रिटिस कलेजका सीईओ राजन कँडेलले नयाँ शैक्षिक कार्यक्रमहरुले विद्यार्थीहरुको ज्ञान र सीपको विकास गर्नेमा आफूहरु विश्वस्त रहेको र यसले समाजलाई ‘डिजिल ट्रान्सफमेसन’ गर्न सहयोग गर्ने बताए ।

यो डिग्री हासिल गर्न चाहने विद्यार्थीहरुलाई छात्रवृत्तिको सुविधा समेत उपलब्ध रहेको कलेजले जनाएको छ । यो कोर्समा भर्ना हुने पहिलो ३० जना विद्यार्थीहरुलाई ट्युसन शुल्कमा ५० प्रतिशत छात्रवृत्ति उपलब्ध हुनेछ । यो अफर जनवरी महिनासम्म मात्र हुनेछ ।

कम्प्युटर साइन्स विषयमा ब्याचलर अध्ययन गरिसकेका वा अन्य सम्बन्धित क्षेत्रका विद्यार्थीहरुले यो कोर्सका लागि आवेदन दिन सक्ने कलेजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?