
५ पुस, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा उम्मेदवारी दिएका महामन्त्री गगन थापाले नेता डा. शशांक कोइरालालाई भेट्न उनकै निवास पुगेका छन् ।
मंगलबार साँझ शशांक निवास महाराजगञ्ज पुगेर उनले संसदीय दलको नेताको चुनावमा आफूलाई मतदान गर्न आग्रह गरेका हुन् ।
शशांकले भने यस विषयमा सोचौंला भन्ने जवाफ दिएको उनीनिकट एक नेताले जानकारी दिए । कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री थापाले मनोनयन दर्ता गराएका छन् । मतदान बुधबार हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4