+
+

नरेशको ‘परानी’मा वर्षा र मेक्समको जोडी

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ६ गते ९:३४

काठमाडौं । मेक्सम खाती र नरेश खातीले ‘परानी’ बोलको गीत सार्वजनिक गरेका छन् । मेक्सम–नरेश अफिसियल युट्युब च्यानलबाट सोमबार म्युजिक भिडियो सार्वजनिक भएको हो ।

यो समाचार तयार पार्दासम्म गीतले ६७ हजारभन्दा बढी भ्युज बटुलिसकेको छ ।

गीतमा अस्मिता अधिकारी र रमन रायमाझीको स्वर छ । वर्षा शिवाकोटी र मेक्समले अभिनय गरेका छन् । गीतका शब्द र लय नरेश खातीको छ ।

मेक्सम र नरेश दाजु भाइ हुन् । उनीहरुका आधा दर्जन गीत करोड क्लबमा छन् । बाबा सुपर म्यान, मेरो छोरा, माया मारेर, तिम्रै मायाले, हैन होला र, तिम्रै रुपैको जादु लगायतका गीत उनीहरुका सर्वाधिक चर्चित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?