+
+

क्लासिक टेक पब्लिक लिमिटेडमा रुपान्तरण हुने अन्तिम तयारीमा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ६ गते १२:३०

६ पुस, काठमाडौं । नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालि पब्लिक लिमिटेड कम्पनीमा जाने भएको छ । त्यसका लागि अन्तिम तयारी गरिरहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पब्लिक लिमिटेड जानका लागि आवश्यक प्रक्रियाहरू अन्तिम चरणमा पुगेको छ ।

कम्पनी पब्लिक लिमिटेडमा रुपान्तरण भएपछि सर्वसाधारणका लागि सेयर (आईपीओ) जारी गर्ने जनाएको छ । क्लासिक टेक सन् २००९ मा स्थापना भएको कम्पनी हो । कम्पनीले हाल ७४ जिल्लाका १०६ आउटलेट तथा शाखाबाट इन्टरनेट तथा इन्ट्रानेट सेवा प्रदान गर्दै आएको छ।

कम्पनीले अन्य स्थानहरूमा आफ्नो सेवा विस्तार गर्ने र उचित मूल्यमा उच्च गतिको सेवा उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ। यससँगै कम्पनीले नेपालभर रहेका शाखा कार्यालयमा २ हजारभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी प्रदान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?