काठमाडौं । क्लासिक टेकले आफ्ना ग्राहकका लागि १२ मा १२ अफर सार्वजनिक गरेको छ ।
७५ एमबीपीएस इन्टरनेट टीभी जडानमा २४ महिनासम्म अर्थात् थप १ वर्ष इन्टरनेट टीभी चलाउन सकिने गरी उक्त अफर सार्वजानिक गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार इन्टरनेट टीभी जडानमा ग्राहकको तीव्र मागलाई मध्यनजर गर्दै १२ मा १२ बोनस अर्थात् २४ महिने अफर ७५ एमबीपीएसमा इन्टरनेट प्लस आईपी टीभीप्रति महिना ४३५ रुपैयाँ र प्रतिमहिना २५० रुपैयाँमा टीभी च्यानल हेर्न सकिने छ ।
साथै राउटर र सेटटप टप बक्स समेत निःशुल्क पाउने कम्पनीले जनाएको छ।
यो अफर सीमित अवधिका लागि मात्र रहेको कम्पनी जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4