+
+

नेप्सेमा एकल अंकको गिरावट, कारोबार रकम ८६ करोड ३८ लाख

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ६ गते १५:२६

६ पुस, काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको गिरावट भएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से ५.८९ अंकले गिरावट भएर १८६७.२२ अंकमा बन्द भएको छ । बुधबार बजारलाई लिड गर्ने बैंकिङ उपसूचक वृद्धि भएपनि त्यसबाहेकका सबै उपसूचकमा गिरावट हुँदा नेप्से सामान्य घटेको छ ।

बैंकिङ उपसूचक ०.२७ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक भने सर्वाधिक १.५ प्रतिशतले गिरावट भएको छ । यस्तै अन्य उपसूचक १.३९ प्रतिशतले गिरावट हुँदा अरु सबै उपसूचक १ प्रतिशत भन्दा कमले गिरावट भएको छ । सोमबार र मंगलबार लगातार दुई दिन बढेको नेप्से बुधबार भने घटेको हो । नेप्सेमा गिरावट हुँदा कारोबार रकममा पनि उत्साह भने छैन ।

बुधबार नेप्सेमा २४ लाख ४० हजार ३०७ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा कारोबार रकम ८६ करोड ३८ लाख १७ हजार पुग्यो । जसमध्ये एनआईसी एशिया बैंकको सर्वाधिक ११ करोड ८२ लाख ४६ हजारको कारोबार हुँदा नबिल बैंकको ३ करोड ९५ लाख ९ हजारको कारोबार भएको छ । यस्तै शिवम् सिमेन्टको ३ करोड ८५ लाख ७७ हजारको कारोबार भएको छ ।

बुधबार नेप्सेमा कुल २१२ कम्पनीको सेयर कारोबार भएकोमा १४० कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै ६३ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ९ कम्पनीको सेयर मूल्य भने स्थिर छ । जसमध्ये आँधीखोला र सृजनशील लघुवित्तको सेयरमूल्य बढेर सकारात्मक सर्किट लेभलमा बन्द हुँदा इस्टन हाइड्रोपावरेको सेयर मूल्य ९.८५ प्रतिशतले वृद्धि भएको छ ।

यता पञ्चकन्या माई हाइड्रोपावरको सेयर मूल्य ६.२८ प्रतिशतले गिरावट हुँदा गुडविल फाइनान्सको सेयर मूल्य ३.६० प्रतिशत र सिनर्जी पावरको सेयर मूल्य ३.५० प्रतिशतले गिरावट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?