+
+

४० गाडीको प्रदूषण जाँच गर्दा २२ वटा ‘फेल’

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ६ गते १८:४४

६ पुस, काठमाडौं । काठमाडौंमा बुधबार गरिएको विशेष चेकिङका क्रममा अत्यधिक धुवाँ फाल्ने २२ वटा सार्वजनिक सवारी साधन कारबाहीमा परेका छन् । चेकिङका क्रममा आधाभन्दा बढी सवारीहरु प्रदूषण मापदण्ड पुरा नगरी चलिरहेको भेटिएको छ ।

अत्यधिक धुवाँ फाल्ने भाडाका बस, माइक्रो, ट्याक्सी र निजी चारपाङग्रे गरी २२ वटा सवारी साधन कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रबक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

उनका अनुसार यातायात व्यवस्था विभाग मिनभवन, वातावरण विभाग बबरमहल तथा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको टोलीले सोह्रखुट्टेमा ४० वटा सवारी साधनलाई चेक गरेको थियो ।

कारबाही गरिएका सवारी साधनलाई वातावरण विभाग बबरमहल पठाइएको छ । सवारी साधन मर्मत पश्चात तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने भट्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?