+
+

बक्यौता नतिरेपछि डिसहोममा ‘स्टार’ले काट्यो लाइन, ३२ वटा च्यानल बन्द

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ६ गते १९:५६

६ पुस, काठमाडौं । लामो समयसम्म बक्यौता नतिरेपछि भारतीय टेलिभिजन स्टार इण्डियाले नेपालको डिसहोममा आफ्ना ३२ वटा च्यानलहरुको सेवा बन्द गरिदिएको छ । पटक-पटक ताकेता गर्दा पनि डिसहोमले महिनौंदेखिको रकम भुक्तानी गर्न आनाकानी गरेको भन्दै स्टारले पुस ३ गते रातीदेखि स्टार प्याकेजका सबै च्यानलको सेवा बन्द गरिदिएको हो ।

नेपालमा स्टार प्याकेज अन्र्तगत ३२ वटा च्यानलहरु प्रसारण हुन्छन्, जसमध्ये स्टार, स्टार स्पोर्टस, स्टार गोल्ड लगायतका च्यानल नेपाली दर्शकमाझ लोकपि्रय छन् ।

सिग्नल काटिएपछि डिस मिडियाले नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा उजुरी दिएको छ, जसमा आफूले ३ करोड ६ लाख भारतीय रुपैयां स्टार इण्डिया प्रा.लिलाई भुक्तानी गर्न बांकी रहेको स्वीकार गरेको छ ।

आफूले पुस १५ भित्र रकम भुक्तानीको समय मागेको भए पनि विना सूचना सिग्नल काटेर भारतीय टीभी कम्पनीले दादागिरी देखाएको भन्दै विदेशी च्यानललाई गरिने भुक्तानीसम्बन्धी नीति परिवर्तन गर्न माग गरेको छ ।

स्टार र डिस मिडिया नेटवर्कवीच भुक्तानीमात्र नभएर अन्य विषयमा पनि केही समयदेखि विवाद चल्दै आएको बताइन्छ । जसका कारण स्टार लाइन काट्नेसम्मको अवस्थामा पुगेको छ ।

नेपालमा स्टारसहित सोनी, कलर्स लगायतका च्यानलहरुको प्याकेज बिक्री हुँदै आएको छ, जसबापत भारतीय च्यानलहरुले वर्षमा अर्बौं रुपैयाँ नेपालबाट लगिरहेका छन् ।

डिस मिडिया नेटवर्कले यसैवर्षको अन्त्यसम्ममा सर्वसाधारणलाई प्राथमिक सेयर जारी गर्ने तयारी गरिरहेको छ । तर, पछिल्ला केही महिनायता बिभिन्न बिदेशी कन्टेन्ट निर्मातासँग उसको भुक्तानीसम्बन्धी बिबाद चर्किरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?