+
+
Shares

४० सिंगल स्क्रिन हल बन्द हुने अवस्थामा, बोर्डविरुद्ध आन्दोलन गर्न संघर्ष समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ७ गते १२:०७

काठमाडौं । नेपाल चलचित्र संघले मुलुकका ४० सिंगल स्क्रिन फिल्म हल बन्द हुने अवस्थामा रहेको जनाएको छ । प्रदर्शकको राष्ट्रिय भेलापछि अनलाइनखबरसँग कुरा गर्दै महासचिव नरेन्द्र महर्जनले ती सिंगल स्क्रिन एक महिनादेखि पूर्णरुपमा बन्द रहेको बताए ।

कोरोना महामारीपछि लयमा फर्कने तयारीमा रहेका यी हल चलचित्र विकास बोर्डको पछिल्लो नियमले झनै थला परेको उनले बताए । ‘ती हलहरु चार सातादेखि बन्द छन् । नेपाली फिल्म चलेका छैनन् भने अवतारजस्ता हलिउड फिल्म त्यहाँ देखाउन मिल्दैन,’ उनले भने ।

कतिपय हल पुनर्निर्माण र स्तरोन्नति गर्ने तयारीमा रहेको भए पनि एक साताअघि नै फिल्म सेन्सर गर्नुपर्ने तथा राति १० बजेपछि फिल्म देखाउन नपाइनेजस्ता नियमले सिंगल स्क्रिन संकटमा परेको महर्जनको भनाइ छ ।

मंसिरमा रिलिज भएका केही नेपाली फिल्मलाई हलमा एक दिन टिक्नै मुस्किल परेको र अवतारजस्ता ठूला फिल्म देखाउन थ्रीडी, डल्बी एटमसजस्ता प्रविधि जडान गर्नुपर्ने भएकाले तत्काल सम्भव नरहेको उनले जनाए । ‘यही स्थिति रहे बन्द रहेका सिंगल स्क्रिन बन्दै हुन्छन्,’ महर्जनले भने ।

संघर्ष समितिको संयोजकमा महर्जन

यसैबीच, संघको राष्ट्रिय भेलाले महासचिव महर्जनको नेतृत्वमा ११ सदस्यीय संघर्ष समिति गठन गरेको छ । संघले बिहीबार विज्ञप्ति जारी गर्दै पुस १२ गते सञ्चार तथा प्रविधि मन्त्रालयमा ज्ञापन बुझाउने, १५ देखि १७ गतेसम्म फिल्म हलमा कालोपट्टी बाँधेर काम गर्ने, दुई घण्टा चलचित्र विकास बोर्डमा धर्ना दिने उल्लेख छ ।

बुधबारको भेलाले संघ चरणबद्ध आन्दोलनमा उत्रिने सर्वसम्मत निर्णय भएको समेत विज्ञप्तिमा उल्लेख छ । चलचित्र संघका सदस्यलाई व्यवसायबाटै विस्थापित गर्ने खालका क्रियाकलाप गरेको समेत संघले जनाएको छ ।

संघले बोर्डसँग वार्ता नगर्ने निर्णय गर्दै अब सिधा मन्त्रालयस्तरमै वार्ता गर्ने निर्णय पनि गरेको महासचिव महर्जनले जानकारी दिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?