+
+

पेलेको स्वास्थ्य थप जटिल, क्यान्सर फैलियो

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ७ गते १२:५०
फाइल तस्वीर ।

७ पुस, काठमाडौं । ब्राजिलका महान फुटबलर पेलेको स्वास्थ्य अवस्था थप जटिल बनेको छ । अस्पतालले ८२ वर्षीय पूर्व सुपरस्टारको क्यान्सर फैलँदो अवस्थामा रहेको बताएको छ ।

तीनपल्ट फिफा विश्वकप उपाधि जितेका पेलेलाई तीन सातादेखि अस्पतालमा राखेर उपचार भइरहेको छ । पेलेकी छोरीले सामाजिक सन्जालमार्फत आफूहरुको क्रिसमस अस्पतालमै हुने जनाएकी छन् ।

पेलेको उपचार गरिरहेको अल्वर्ट आइन्स्टाइन अस्पतालले भनेको छ, ‘पेलेको क्यान्सर रोग फैलँदो अवस्थामा छ । उनको मिर्गौला र मुटुको विशेष ध्यान राख्नुपर्ने आवश्यकता छ ।’

सेप्टेम्बर २०२१ मा पेलेको ठूलो आन्द्राबाट ट्युमर निकालिएको थियो । त्यसयता उनको नियमित उपचार हुँदै आएको छ । ‘हामीले घरमा क्रिसमस मनाउन नपाउने भयौं,’ पेलेकी छोरी केली नासिमेन्तोले इन्स्टाग्राममा लेखेकी छन्, ‘हामीले चिकित्सकसँग सल्लाह गरेर यहीँ रहने निर्णय गर्यौं । किनभने उहाँलाई अस्पतालमै रहनु फाइदा छ ।’

साओ पाउलोको यो अस्पतालले पेले भर्ना भएगलत्तै स्वासनलीमा संक्रमण देखिएको र उपचार भइरहेको जनाएको थियो । केहि समयपछि पेलेको शरीरमा केमोथेरापीले काम गर्न छाडेको बताएको थियो ।

पेले ब्राजिलका लागि ९२ खेलमा ७७ गोल गरी सर्वकालीन अग्रणी गोलकर्ता हुन् । उनले सन् १९५८, १९६२ र १९७० मा ब्राजिलका लागि तीनपल्ट विश्वकप उपाधि जितेका छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?