+
+

कोरियाबाट विमानमा काठमाडौं ल्याइयो बाच्छी र साँढे

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ७ गते २१:०७
Photo Credit : Yonhap News Agency

७ पुस, काठमाडौं । हेफर इन्टरनेसनल नेपालले कोरियाबाट उन्नत जातका १ सय भन्दा बढी गाई र साँढे काठमाडौं ल्याउन सुरु गरेको छ । नेपाल सरकारलाई निःशुल्क हस्तातरण गर्ने गरी जहाजमार्फत कोरेली बाच्छी र साँढे काठमाडौं ल्याउन थालिएको छ ।

२० वटा होलेस्टेन साँढे (बाच्छा) र १०१ वटा होलेस्टेन गाई काठमाडौंमा ल्याउने तयारी छ । पहिलो चरणमा आसियाना एयरलाइन्सको विमानबाट बिहीबार ४२ वटा गाई तथा साँढे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उतारिएको  छ । अब क्रमैसँग बाँकी गाई र साँढे पनि काठमाडौं ल्याइने भएको छ ।

बिहीबार पहिलो चरणमा नेपाल आइपुगेका गाई, सााढे र ३४ लिटर जमेको वीर्य नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क सोङ्ग सुले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशुपन्छी विकासतर्फका सचिव डा. दीपककुमार खराललाइ हस्तान्तरण गरेको मन्त्रालयले जनाएको छ ।

ती गाई र साँढेलाई क्यारेन्टाइनका लागि नेपाल कृषि अनुसन्धान परिषद (नार्क)मा राखिनेछ । यी गाईहरु केही सरकारलाई र धेरैजसो किसानलाई वितरण गर्ने योजना छ । सिन्धुलीका किसानले कमलामाई नगरपालिकाको सहयोगमा यी गाईका लागि गोठ तयार गरिसकेका छन् ।

नेपालमा दूधको उत्पादन बढाउन र उन्नत नश्लका गाईको संख्या विस्तार गर्न कोरियाबाट सहयोग प्राप्त भएको पुशसेवा विभागका एक अधिकारीले बताए । गाई र साँढे ल्याउँदा लागेको करिब साढे १७ करोड रूपैयाँ खर्च सबै हेफरले बेहोर्नेछ।

Yonhap News Agency

चार चरणमा गरी डिसेम्वर २८ अर्थात पौष १३ गतेसम्म सवै कोरेली गाइ र प्रजनन सााढे नेपाल आइपुगिसक्ने छन् । यसरी प्राप्त आनुवांशिक स्रोतवाट नेपालमा उच्च प्रजनन मानका गाइको स्रोत केन्द्र विकास, दुध उत्पादन वृद्धि तथा जातीय विकासमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ ।

फोटो :Yonhap News Agency
फोटो :Yonhap News Agency
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?